Comments Add Comment

अरिङ्गालले टोक्दा ९ महिने शिशुको मृत्यु, ३ घाइते

१६ कात्तिक, ओखलढुंगा । ओखलढुंगाको मोलुङ्ग गाउँपालिका–८, रागादीपमा अरिङ्गालले टोक्दा ९ महिने शिशुको ज्यान गएको छ । तीन जना घाइते भएका छन् ।

ज्यान जानेमा ९ महिनाका शिशु अडिट राई छन् । उनको आमा ३१ वर्षीय पवित्रा राई समेत गम्भीर घाइते छिन् ।

राईकी दुई छोरी ११ वर्षीया पुजा र ५ वर्षीया अञ्जु पनि गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । शिशुको ओखलढुङ्गा सामुदायिक अस्पतालमा उपचारका क्रममा ज्यान गएको बताइएको छ ।

घाइते अन्यलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक टिका कार्कीले बताए ।

घरको आँगनमा बसिरहेका वेला नजिकैको रुखमा रहेको अरिङ्गालले उनीहरुलाई टोकेको थियो । अरिङ्गालको गोलामा कसैले ढुंगाले हानेर बिच्काएकापछि घरमै आएर टोकेको हुन सक्ने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment