नायिका ऋचा सिंह ठकुरी ‘नाई नभन्नु ल’बाट चलचित्र क्षेत्रमा उदाइन् । चलचित्र क्षेत्रमा उदाएर केही समय चर्चामा रहेकी ऋचा बिहे गरेपछि चलचित्र क्षेत्रबाट गायब जस्तै छिन् । उनै, ऋचा केही समय गायब भएपनि निर्मात्रीको रुपमा र्फकदै छिन् । उनले निर्माण गरेको चलचित्र ‘सुपर गोर्खे’ तयार भएको छ ।
राज थापाको निर्देशनमा तयार भएको चलचित्रमा ऋचा नै मुख्य कलाकारको रुपमा छिन् । यो चलचित्रको टिजर सार्वजनिक भएको छ । चलचित्रको टिजरमा सुपरम्यान, ब्याटम्यानपछि सुपरहिरो सुपर गोर्खेलाई हेर्न भनिएको छ ।
चलचित्रमा इश्वरीसिंह ठकुरी, रामकृष्ण, सुदिपजंग थापाको लगानी छ भने ताराप्रकाश लिम्बु र फिलिप जोनको संगीत छ । चलचित्रमा ऋचा सिंह ठकुरी, सुरजसिंह ठकुरी, निराजन लुइटेल, भूपेन्द्र क्षेत्र, भानु विष्ट, सचिन केसी, उत्तम बिष्ट, मनोज राई लगायतका कलाकारको अभिनय छ ।
किरण माइकलले लेखेको चलचित्रलाई सौरभ लामाले खिचेका हुन् भने बनिष शाह यसका सम्पादक हुन् । यो चलचित्र मंसिर २९ गतेबाट देशभरका हलमा रिलिज हुनेछ ।
प्रतिक्रिया 4