
१७ कात्तिक, काठमाडौं । प्रधानन्त्री शेरबहादुर देउवाले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि मतदाता शिक्षा प्रभावकारी बनाउन आग्रह गरेका छन् ।
शुक्रबार आफ्नै निवास बालुवाटारमा निर्वाचन आयुक्तहरुसँगको भेटमा प्रधानमन्त्रीले मताधिकार लोकतान्त्रमा सबैभन्दा महत्वपूर्ण विषय भएको अधिकतम मत खस्ने र न्युन मत बदर हुनेगरी मतदाता शिक्षा प्रभावकारी बनाउन आग्रह गरेका हुन् ।
‘मतदातालाई आफ्नो मताधिकारी स्वतन्त्र रुपमा प्रयोग गर्ने गरी वातावरण गर्नुहोस्’ बैठकमा प्रधानमन्त्रीले आयुक्तहरुसँग भने, ‘मतदाता भ्रममा नपर्नेगरी मतदाता शिक्षा प्रभावकारी बनाउदै मत बदरलाई न्यून बनाउने गरी व्यवस्थापन गर्नुहोस् ।’
प्रधानमन्त्रीले निर्वाचनका लागि सरकारको तर्फबाट आवश्यक सबै सहयोग २४ सै घण्टा गर्न आफू तयार रहेको पनि बताए ।
प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले निर्वाचनमा प्रधानमन्त्रीको सुरुदेखिको प्रतिबद्धताकै कारण तोकिएको समयमा सम्पन्न हुने भएको भन्दै धन्यवाद दिए ।
आयोगका अन्य पदाधिकारीहरुले पनि प्रधानमन्त्रीले चुनावलाई अर्जुनदृष्टि बनाएकै कारण तोकिएको मितिमा चुनाव सम्पन्न हुने निश्चित भएको भन्दै सरकारको तर्फबाट पूर्ण सहयोग पाएको बताएका थिए ।
प्रधानमन्त्री देउवाले बोलाएको उक्त बैठकमा प्रमुख आयुक्त यादव, आयुक्तहरु इश्वरी पौडेल, ईला शर्मा, सुधिरकुमार शाह र निर्वाचन आयोगका सचिव बेगेन्द्र शर्मा सहभागी थिए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4