Comments Add Comment

युवा संघका मोरङ अध्यक्ष निरौलामाथि आक्रमण

१८ कात्तिक, विराटनगर । एमालेसम्वद्ध युवा संघका मोरङ अध्यक्ष पर्वतराज निरौलामाथि आक्रमण भएको छ ।

दुधर्फम नजिकै निरौलामाथि धारिलो हतियार प्रहार भएको हो । उनको हातमा चोट लागेको छ ।

मोरङका प्रहरी प्रमुख अरुण बिसीका अनुसार साँझ ५ बजेतिर भएको घटनाबारे निरौलाले प्रहरीलाई खबर गरेका थिएनन् । आफ्नो बुझ्दा निरौलाले हिँडिरहेको समयमा मोटरसाइकलमा आएको समूहले आक्रमण गरेको बताएको बिसीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment