Comments Add Comment

सनराइज बैंकको नाफा पनि १७ प्रतिशत घट्यो


१९ कात्तिक, काठमाडौं । चालु आव २०७४/७५ को पहिलो त्रैमाशमा सनराइजको नाफा करिब १७.३७ प्रतिशतले घटेको छ ।  बैंकको नाफा २० करोड रुपैयाँमा सिमित भएको छ । गत आवको बैंकले पहिलो त्रैमाशमा २५ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।

बैंकको सञ्चालन नाफा पनि १७ प्रतिशतले घटेर २५ करोड रुपैयाँमा सिमित भएको छ । बैंकको खुद व्याज आम्दानी १.५ प्रतिशतले बढेको छ । यो रकम ५२ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, फि कमिसन, अन्य आम्दानी शीर्षकबाट १८ करोड रुपैयाँ आर्जन गरेको छ । यो रकममा १२ प्रतिशतले वृद्धि भएको हो ।

बैंकको निक्षेप ११.७३ प्रतिशतले बढेर ६० अर्ब पुगेको छ । कर्जा १७ प्रतिशतले वृद्धि भएर ५४ अर्ब पुगेको छ । बैंकको निक्षेपको तुलनामा कर्जाको अनुपात ९०.१७ प्रतिशत देखिन्छ । तर प्राथमिक पूँजी सहितको निक्षेपको आधारमा भने कर्जाको अनुपात ७६.७४ प्रतिशत रहेको बैंकको वित्तीय विवरणमा उल्लेख छ ।

बैंकको कुल कर्जा लगानीमा ४८ प्रतिशत लगानी रियल इस्टेट, सेयर कर्जा र ओभरड्राफ्ट कर्जा रहेको छ । यी क्षेत्रमा २६ अर्ब ३१ करोड रुपैयाँ लगानी भएको छ ।

बैंकले सम्भावित नोक्सान वापतको व्यवस्थामा १५करोड रुपैयाँ राखेको छ । बैंकको खराब कर्जाको अनुपात १.४९ प्रतिशत रहको छ । करिब १४१ प्रतिशत प्रोभिजनिङ गरेको उल्लेख छ ।

बैंकको सेयरमा प्रतिफल करिब १६ प्रतिशतबाट घटेर ८.४४ प्रतिशत भएको छ । बैंकको चुक्ता पूँजी करिब ३ अर्बले बढेपछि सेयरमा प्रतिफल घटेको हो । बैंकको चुक्ता पूँजी ८ अर्ब १५ करोड पुगेको छ भने सञ्चिती १ अर्ब ७५ करोड रुपैयाँ रहेको छ ।

बैंकको प्रतिसेयर आम्दानी ९.९९ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३३.१२ गुणा र प्रतिसेयर नेटवर्थ १ सय २१ रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment