नेपाली चलचित्र क्षेत्रमा धेरै कलाकारको कमब्याक सफल हुन सकेको छैन । नायक निखिल उप्रेतीको कमब्याक केही हदसम्म सफल मानिन्छ । तर, निखिलका पनि अहिले चलचित्र चल्न छाडेका छन् ।
निखिल जस्तै एक्सनमा जमेका नायक विराज भट्ट सुपरस्टारको ट्याग भिरिरहेको समयमा भोजपुरी चलचित्रमा प्रवेश गरेका थिए । त्यसपछि लामै समय भोजपुरी चलचित्रबाट राम्रै कमाई गरेका विराज निखिल मुम्बइबाट चलचित्र क्षेत्रमा कमब्याम गरेपछि जोसिएका थिए ।
निखिलले चलचित्र ‘भैरव’ आफै निर्माण र निर्देशन गरेपछि विराज पनि चलचित्र क्षेत्रमा प्रवेश गर्न निकै कसरत गरिरहेका थिए । तर, उनलाई त्यसको केही महिनापछि मात्र निर्माता तथा निर्देशक रोज राणाले पत्याए र चलचित्र ‘जय परशुराम’ बनाए ।
तर, कुनै बेलाका सुपरस्टारको कमब्याक यति खराब होला भनेर कसैले सोचेका थिएनन् । विराजको कमब्याक निकै खराब रहन पुग्यो । यो चलचित्र असफल भएपछि चलचित्र क्षेत्रमा फेरि राज गर्ने विराजको सपना पनि केही हदसम्म पछाडि धकेलियो । चलचित्र रिलिज भएको १ बर्ष भैसक्दा पनि विराजको चर्चा नेपाली चलचित्र वृत्तमा खासै छैन । उनी, एक नयाँ चलचित्रमा अनुवन्धित भएको खबर उनका पाठकले पढ्न पाउनु बाहेक अन्य उपलब्धि देखिएको छैन ।
चलचित्र क्षेत्रमा कथावस्तु चल्न थालेपछि विराजलाई अब पुरानै क्रेज फर्काउन मुश्किल पर्ने धेरेको विश्लेषण छ । के विराज पुरानै स्टारडम फर्काउन सफल होलान् त ? नयाँ चलचित्र कुर्न नै उत्तम विकल्प हुनेछ ।
प्रतिक्रिया 4