+
+

चितवनमा ‘म्यूजिकल फेस्टिभ’ आयोजना हुने

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक २० गते १२:१९


इभरलास्ट इन्फोटेकको आयोजनामा चितवनको क्याम्पाचौरमा मंसिर २ गते नेपालका चर्चित ब्याण्डहरुको साथमा ‘म्यूजिकल फेस्टिभ’ आयोजना हुने भएको छ । दिउँसो १ बजेबाट बेलुकी ९ बजेसम्म चल्ने कार्यक्रममा चर्चित ब्याण्डहरुले दर्शक झुमाउनेछन् ।

दर्शकको उल्लेख्य सहभागीता होस् भन्ने हेतुले क्याम्पाचौरमा कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले बताएको छ । यो कार्यक्रममा ‘द स्याडोज नेपाल, ए एट ब्याण्ड, द ट्रोक्सी, द रोड्स ब्याण्ड, द नेपोलिक क्रिउ, सुजन एण्ड त ब्याण्डले आफ्नो प्रस्तुती दिनेछन् । साथमा डीजेको रोमाञ्चक प्रस्तुतीले दर्शक झुम्न सक्ने आयोजकले विश्वास गरेको छ ।

संगीतको नगरी चितवनका श्रोताहरु संगीतप्रति निकै नै आकषिर्त देखिन्छन् । यसैले, पनि कार्यक्रम सफल हुनेमा विश्वस्त रहेको आयोजकले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?