+
+

प्रेमराजा भन्छन्-‘नेपाल देखेर विदेशी पर्यटक मन्त्रमुग्ध नै हुन्छन्’

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक २० गते १२:५६

दशैं तिहार मान्न नेपाल आएका प्रेमराजा महतले घर परिवारका लागि यसपाली पनि समय दिन सकेनन् । विभिन्न जिल्लामा हुने संकृतीसँग सम्बन्धी कार्यक्रममा सहभागी भएरै धेरै समय बित्यो ।

यसपालि उनी अमेरिकाबाट वासिङ्टनको मेयर सहित २० अमेरिकी नागरिक लिएर आएका थिए उनी । उनीहरुलाई २१ दिन घुमाए, जो पहिलो पटक नेपाल आएका थिए । महतकै भाषामा भन्ने हो भने उनीहरु यति मन्त्रमुग्ध भए कि, उनीहरुले ‘हाम्रो प्राकृतिक सम्पदाको खुबै प्रसंसा गरे ।’ महतले भने-‘अमेरिका पुगेपछि ती आफैंले नेपालको प्रचार गर्नेछन् ।’

उनलाई लाग्छ यी २० जना अमेरिका पुगेपछि अरु सयौं अमेरिकी नागरिक नेपाल आउँछन् घुम्नका लागि । उनको बुझाइमा ‘नेपालको अवको विकासलाई पर्यटनसँग जोड्नुपर्छ । पर्यटन उद्योगका विकासका लागि विदेशीकै भर पर्नुपर्ने जरुरी छैन । एनआरएनकै डाटालाई टेक्दै उनी भन्छन्-‘विश्वभर ४० लाख नेपाली छन् । तिनलाई वर्षको एकपटक नेपाल घुम्न बोलायो भने पनि पर्यटनको विकास हुन्छ । ‘हामीले पहिला नेपालीलाई नै नेपाल घुमाउने वातावरण बनाउनुपर्छ ।’ विदेशमा बस्ने नेपालीलाई रारा, फेवा वा तराईको फाँट घुमाएर पनि आम्दानी गर्न सकिने उनको बुझाई छ ।

नेपाल आफैंमा एउटा प्राकृतिक स्टुडियो हो भन्ने उनलाई लाग्छ । तराई, पहाड र हिमालको सौन्दर्यले जो सुकैलाई लोभ्याउने अनुभव गरेका महतले नेपालीको संस्कारको पनि प्रसंसा गरे ।

नेपालको बारेमा चासो राख्ने र नेपाल आउन चाहने धेरै अमेरिकीसँग संगत गरेका महत विदेशी नागरिकले नेपालको असाध्यै धेरै प्रसंसा गरेका सुनेका छन् । ‘पाहुनालाई भगवान मान्ने देश नेपाल मात्रै हो । हामीलाई नेपालीको मुस्कानले सँधै लोभ्याउछ ।’ उनको संगत गर्नेहरुले भन्ने गरेका छन् ।

कृषि पर्यटनको भविष्य उज्वल देखेका महत आफैं पनि नेपालमै कृषिका लागि काम गर्ने योजनामा छन् । ‘अहिले केही योजना बनाएको छु । अक नेपालमै कृषि क्षेत्रमा लगानी गर्ने सोचमा छु ।’ आउँदो माघमा अली धेरै समय लिएर नेपाल आउने सोचमा रहेका महतले अमेरिकामा ‘हिमालयन कल्चर गु्रप’ सञ्चालन गरेका छन् । जहाँ उनले सिंगो नेपालको झल्को दिने प्रयास गरेका छन् ।

महतको भनाई अनुसार उनी मात्रै अमेरिका गएका हुन् । उनका सबै आफन्त नेपालमै छन् । त्यो भन्दा पनि महत्वपूर्ण उनी जुन देशमा बसेपनि उनको मन सँधै नेपालमै छ । ‘म जहाँ पुगेपनि नेपालको त्यो कुना कन्दरा कहिल्यै बिर्सन्नँ ।

सिमसिमे पानीमा ,पानको पात, हिँउचुलीमा हिँउ, बाँझो खेतमा लगायत चर्चित गीत गाएका महत अहिले पनि गायनमा सक्रिय छन् । अमेरिकामा हुने कुनै पनि सांगीतिक कार्यक्रममा उनको उपस्थित अनिवार्य हुन्छ । उनी दावीका साथ भन्छन्-‘म यही बसेको भए नेपाली संस्कृतीको त्यति धेरै प्रचार गर्न सक्दिन होला । तर, अमेरिकामा बसेर नेपालकै प्रचार गरिरहेको छु ।’ महतले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?