Comments Add Comment

ट्विटरमा साहरुखका ३ करोड फ्यान, तर अमिताभ भन्दा ८ लाखले पछि


केही दिन अगाडि मात्र आफ्नो ५२ औं जन्मदिन मनाएका बलिउड नायक साहरुख खानको लोकप्रियता ट्विटरमा पनि उस्तै छ । उनलाई जन्मदिनमा शुभकामना दिन हजारौ फ्यानको भिड उनको घर मन्नत अगाडि लागेको थियो । हरेक बर्ष साहरुखको जन्मदिनमा यस्तो क्रेज देखिने गर्दछ ।

उनै, साहरुख खानले जन्मदिन मनाएको केही दिनमै अर्को खुशी पाएका छन् । सामाजिक संजाल ट्विटरमा उनलाई फलो गर्नेहरुको संख्या ३ करोड पुगेको छ । ३ करोडको आँकडा छुने साहरुख तेश्रो भारतिय नागरिक हुन् । यसअगाडि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नायक अमिताभ बच्चनलाई ट्विटरमा फलो गर्नेको संख्या ३ करोड पुगेको थियो ।

ट्विटरमा अमिताभलाई फलो गर्नेको संख्या ३ करोड ८ लाख पुगेको छ । साहरुखको करिब २८ दिनको अन्तरमा १० लाख फलोअर्स बढेका छन् । यसैले पनि ट्विटरमा उनले अमिताभलाई चाडै नै उछिन्ने धेरैको विश्लेषण छ ।

साहरुखका प्रतिस्पर्धी नायक सलमान खानलाई ट्विटरमा २ करोड ७६ लाख र आमिर खानलाई २ करोड २३ लाखले फलो गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment