Comments Add Comment

अमेरिकामा राजेश पायललाई सम्मान, नोभेम्बर ५ मा ‘राइ इज किङ डे’ मनाइने


केहि समययता गायक राजेश पायल राई अमेरिकामा सांगीतिक यात्रामा छन् । यसै मेसोमा उनले अमेरिकाको रोचेस्टर शहरमा विशेष सम्मान पाएको भन्दै आफ्नो फेसबुक पेजमार्फत खुसी व्यक्त गरेका छन् ।

अमेरिकाको रोचेस्टर सिटीमा उनलाई सम्मान गरिएको छ, जसलाई ‘अन्तरराष्ट्रिय मञ्चमा नेपाली कलाकारले पाएको अहिलेसम्मकै ठूलो सम्मान’ भनिएको छ । राईलाई रोचेस्टर शहरकी मेयर लभ्ली वारेन, डाइरेक्टर डेपुटी मेयर डा. कार्डिक एल अलेक्जन्डरले सम्मान गर्दै, ‘अन्तर्राष्ट्रिय पप स्टार’को संज्ञा दिएका छन् ।

सोहि सिलसिलामा रोचेस्टर शहरमा हरेक बर्ष ‘राई इज किङ डे’ उत्सव मनाउने घोषणा गरिएको पनि बुझिएको छ । यसका लागि नोभेम्बर ५ लाई मिति तोकिएको छ ।

नेपाली कलाकारले अन्तरराष्ट्रिय स्थानमा अहिलेसम्मकै ठूलो सम्मान पाएको भन्दै उनलाई सामाजिक संजालमा वधाई दिनेको ओइरो लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment