Comments Add Comment

अम्बा खानुका आठ फाइदा

भनिन्छ, मौसमी फलफूल सेवन गर्नु राम्रो हो । जाडो मौसममा पाइने अम्बा निकै स्वादिलो हुनुका साथै स्वास्थ्यवर्दक मानिन्छ । यो प्रोटिन, भिटामिन, मिनरल्स तथा फाइबरको स्रोत हो । आर्युवेदिक हिसाबले पनि अम्बा फाइदाजक छ ।

मधुमेहको रोकथाम

अम्बामा चिनीको मात्रा कम हुन्छ । त्यस्तै, यसले चिनीको मात्रा कम गर्न मद्दत गर्ने हुदाँ यो मधुमेहका विरामीको लागि समेत निकै फाइदाजनक मानिन्छ । दिनमा एउटा अम्बाको पत्ता चपाउनाले मात्र पनि मधुमेह नियन्त्रण हुने भएकोले मधुमेहका रोगीहरुलाई दैनिक अम्बा खान सल्लाह इनिे गरिन्छ ।

तौल घटाउन

अम्बामा भरपुर मात्रामा प्रोटिन भिटामिन, मिनरल्स लगायतका खनिज पदार्थ पाइन्छ । त्यस्त्ै, अम्बामा पाइने फाइबरले कोलेस्ट्रोलको मात्रा कम गर्न मद्दत गर्छ । अन्य फलफुलको तुलनामा अम्बामा चिनीको मात्रा समेत कम हुने भएकोले तौल घटाउन चाहनेका लागि अम्बा राम्रो विकल्प हुनसक्छ

रुघाखोकीमा

अम्बामा भरपूर मात्रामा भिटामिन सि पाइन्छ , जुन शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउनमा निकै लाभदायक मानिन्छ । अम्बामा कालो मरिच तथा नुन मिसाएर खानाले कफको समस्या हट्छ । त्यस्तै, पाकेको अम्बा खाएपश्चात्त मनतातो पानीको सेवनले ज्वरोबाट छुटकारा पाइन्छ ।

दाँतका समस्यामा

यदी कसैलाई दातमा समस्या छ भने अम्बाको पत्तालाई हल्का रुपमा चपाउनुपर्छ । त्यस्तै, अम्बाको पत्तालाई मनतातो पानीमा उमालेर पिउनाले गिजाको सुजन तथा दातको दुखाईबाट राहत प्रदान गर्छ । त्यस्तै अम्बाको पत्तालाई पिसेर मुखमा लाउनाले सास गन्हाउने समस्याबाट समेत राहत मिल्छ ।

कब्जियतको समस्यामा

कब्जियत तथा पेट सम्बन्धि समस्यामा अम्बा रामबाण सावित हुने गर्छ । पेटमा पीडा होस् वा झाडापखाला, अम्बामा नुन हालेर खाएमा यसले तुरुन्तै आराम दिन्छ । त्यस्तै, अम्बाको पत्ताले झाडापखाला फैलाउने व्याक्टेरियालाई रोक्छ । त्यस्तै अम्बाको पत्ता चपाउनाले पेटको समस्याबाट राहत दिनुका साथै कब्जियतको समस्या समेत हटाउँछ ।

आँखा तथा छालाको लागि

अम्बामा भरपूर मात्रामा भिटामिन ए पाइन्छ । जुन आखाको लागि लाभदायक छ । अम्बाको सेवनले रतन्दो तथा मोतियाविन्दु हुनबाट आखालाई बचाउँछ । त्यस्तै, अम्बाको सेवनले अनुहारको चाउरीपना कम हुनुका साथै अनुहार कालो हुनबाट जोगाउँछ । त्यस्तै, यसले अनुहारको रँगलाई समेत कायम राख्छ ।

मदिराको असर कम गर्छ

यदी कसैलाई मदिरा वा भाङको नशा भएमा अम्बाको पत्ताको रस निकै लाभदायक मानिन्छ । अम्बाको पत्ता चपाउनाले मात्र पनि मदिराको ह्याङओभर कम गर्न तथा नशा कम गर्न मद्दत मिल्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment