Comments Add Comment

पुरातनवादी पराजित हुन्छन्, मतदाता परिवर्तनको पक्षमाः कृष्ण सिटौला

२३ कात्तिक, झापा । नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार कृष्णप्रसाद सिटौलाले निर्वाचनमा पुरातनवादीहरु पराजित हुने बताएका छन् ।

उनले समुन्नतितर्फ लम्किने समाजले परिवर्तनका पक्षधरलाई साथ दिने विश्वास व्यक्त गरे ।

चुनावी अभियान अन्र्तगत बाह्रदशी गाउँपालिका–४ पुगेका सिटौलाले झापा ३ को प्रतिनिधिसभा सदस्यमा एमाले र माओवादीले उम्मेदवारी नदिएपछि परिवर्तनको पक्षधर नेपाली कांग्रेस मात्र मैदानमा रहेकाले परिवर्तनकारी झापाली मतदाताले अत्यधिक मतले नेपाली कांग्रेसलाई विजयी गराउने बताए ।

कार्यक्रममा प्रदेश सभा ‘ख’ का उम्मेदवार भगिरथ पोद्दारले लोकतन्त्रको लडाइमा निरन्तर पहरेदार भएर लागेको नेपाली कांग्रेस वर्तमानको आवश्यकता रहेको बताए ।

उनले देशको विकास र जनताको मुहार फेर्न आफूले प्रदेश सभाको उम्मेदवारी दिएको बताए ।

‘अधिनायकवाद र लोकतन्त्रबीचको प्रतिष्पर्धा’

नेपाल प्रेस युनियन झापाले बुधबार आयोजना गरेको कार्यक्रममा सहभागी वक्ताहरुले वामपन्थीहरुले जीतेमा लोकतन्त्र मासिने भएकाले लोकतन्त्रको रक्षा र मुलुकको समुन्नत विकासका लागि कांग्रेसका उम्मेदवारहरुलाई जिताउनु पर्ने सुझाव दिएका छन् ।

उनीहरुले आसन्न निर्वाचन अधिनायकवाद र लोकतन्त्रबीचको प्रतिष्पर्धा भएको जिकिर गरे ।

कार्यक्रममा कांग्रेस नेता तथा पूर्व सांसद सुधिरकुमार शिवाकोटीले कम्युनिष्टहरुको अन्तिम उद्देश्य नै साम्यवादी शासन भएकोले लोकतन्त्रको रक्षाका लागि कांग्रेसका उम्मेदवारलाई जिताउन सञ्चार माध्यमहरुले भूमिका खेल्नुपर्ने औंल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment