+
+
Shares

चिकित्सा शिक्षा अध्यादेश जारी, उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न रोक

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक २४ गते १५:१८

२४ कात्तिक, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश २०७४ जारी गरेकी छन् । यससँगै काठमाडौं उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न रोक लागेको छ ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

चिकित्सा शिक्षा विधेयक संसदबाट पास हुन नसकेपछि सरकारले प्रा. डा. गोविन्द केसीको माग सम्बोधन गर्ने गरी ६ कात्तिकमा अध्यादेश ल्याएको थियो । तर, प्रमाणीकरण नभएको भन्दै डा. केसीले अनसन बस्ने चेतावनी दिएका थिए ।

यो अध्यादेश प्रतिनिधिसभाको बैठक बसेको ६० दिनभित्र पास हुनुपर्छ, नभए स्वतः खारेज हुन्छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?