Comments Add Comment

चिकित्सा शिक्षा अध्यादेश जारी, उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न रोक

२४ कात्तिक, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश २०७४ जारी गरेकी छन् । यससँगै काठमाडौं उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न रोक लागेको छ ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

चिकित्सा शिक्षा विधेयक संसदबाट पास हुन नसकेपछि सरकारले प्रा. डा. गोविन्द केसीको माग सम्बोधन गर्ने गरी ६ कात्तिकमा अध्यादेश ल्याएको थियो । तर, प्रमाणीकरण नभएको भन्दै डा. केसीले अनसन बस्ने चेतावनी दिएका थिए ।

यो अध्यादेश प्रतिनिधिसभाको बैठक बसेको ६० दिनभित्र पास हुनुपर्छ, नभए स्वतः खारेज हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment