+
+
WC Series
कर्णाली याक्स 2025
129/9 (20)
VS
९४ बलमा १०८ रन आवश्यक
जनकपुर बोल्ट्स 2025
22/2 (4.2)
Shares

जलेको सिंहदरबारका संरचना चाँडै पुनर्निर्माण हुनेमा पूर्वराष्ट्रपति भण्डारीको विश्वास

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २१ गते १६:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भदौ २४ गतेको आन्दोलनले क्षतिग्रस्त सिंहदरबार परिसर चाँडै पुनर्निर्माण हुने विश्वास व्यक्त गरिन्।
  • उनले सिंहदरबारको ध्वस्त संरचना अवलोकन गरी दु:ख लागेको बताउनुभयो र पुनर्निर्माणको आशा व्यक्त गरिन्।
  • पूर्वराष्ट्रपति भण्डारीलाई सञ्चारमन्त्री जगदीश खरेलले स्वागत गरी कार्यालय अवलोकन गराएका थिए र उनले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरिन्।

२१ मंसिर, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त सिंहदरबार परिसरका संरचना चाँडै पुनर्निर्माण हुने विश्वास व्यक्त गरेकी छन् ।

गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त भएको सिंहदरबारका संरचनाहरुको अवलोकनपछि पूर्वराष्ट्रपति भण्डारीले संरचना ध्वस्त भएको देखेर आफूलाई दु:ख लागेको बताइन् ।

साथै उनले नेपाल सरकारले यी संरचनाहरूलाई चाँडै पुनर्निर्माण गर्ने विश्वास व्यक्त गरिन् ।

पूर्वराष्ट्रपति भण्डारीले भविष्यमा यस्ता घटना नहोस् भन्ने कामना समेत गरिन् । सिंहदरबार परिसरमा उनले साविकको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतको क्षतिग्रस्त कार्यालयको अवलोकन गरेकी थिइन् ।

पूर्वराष्ट्रपति भण्डारीलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले स्वागत गर्दै कार्यालयहरुको अवलोकन गराएका थिए ।

कार्यालय अवलोकनपछि पूर्वराष्ट्रपति भण्डारीले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेकी थिइन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?