News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजी आन्दोलनमा आगजनी भएर खण्डहर बनेको सिंहदरबारको अवलोकन गरेकी छन्।
- सञ्चार तथा सूचना, प्रविधिमन्त्री जगदीश खरेलले पूर्वराष्ट्रपतिलाई सिंहदरबारमा स्वागत र सहजीकरण गरेका थिए।
- भदौ २३ र २४ गते जेनजी आन्दोलनका प्रदर्शनकारीले सिंहदरबारका विभिन्न मन्त्रालय र विभागीय कार्यालयमा आगजनी गरेका थिए।
२१ मंसिर, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजी आन्दोलनका क्रममा आगजनी भएर खण्डहर बनेको सिंहदरबारको अवलोकन गरेकी छन् ।
आइतबार पूर्वराष्ट्रपति भण्डारी जेनजी आन्दोलनमा जलेको सिंहदरबार परिसरका विभिन्न संरचनाको अवलोकनका लागि पुगेकी हुन् ।
पूर्वराष्ट्रपति भण्डारीलाई सिंहदरबारमा सञ्चार तथा सूचना, प्रविधिमन्त्री जगदीश खरेलले स्वागत र सहजीकरण गरेका थिए ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका प्रदर्शनकारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालयसहित विभिन्न मन्त्रालय र विभागीय कार्यालय रहेका भवनमा आगजनी गरेका थिए ।
आगजनीले ध्वस्त भएका भवनको अझै पुनर्निर्माण भइसकेको छैन ।

प्रतिक्रिया 4