+
+
WC Series
कर्णाली याक्स 2025
112/7 (18.1)
VS
जनकपुर बोल्ट्स 2025
0/0
Shares

पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता

पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबीच आइतबार सिंहदबारमा भेटवार्ता भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २१ गते १५:०३

२१ मंसिर, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ ।

पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबीच आइतबार सिंहदबारमा भेटवार्ता भएको हो ।

जेनजी आन्दोलनमा आगजनी भएका सिंहदरबारभित्रका संरचनाको अवलोकनका लागि गएकी पूर्वराष्ट्रपति भण्डारीले प्रधानमन्त्री कार्कीसँग पनि भेट गरेकी हुन् ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले सिंहदरबार विभिन्न मन्त्रालयसहित, सवारीसाधन र अन्य संरचनामा आगजनी गरेका थिए ।

आगजनीले खण्डहर बनेको सिंहदरबार परिसरका विभिन्न संरचनाको पुनर्निर्माणको क्रम चलिरहेको छ ।

जेनजी आन्दोलनकै क्रममा भंगालमा रहेको पूर्वराष्ट्रपति भण्डारीको निजी निवासमा समेत आगजनी भएको थियो ।

जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारको प्रधानमन्त्री बनेकी कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच त्यसयता पहिलो पटक भेटवार्ता भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?