+
+
WC Series
काठमान्डु गोर्खाज 2025
157/8 (20)
VS
७८ बलमा १०२ रन आवश्यक
लुम्बिनी लायन्स 2025
56/3 (6.6)
Shares

पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी काममा फर्कने वातावरण निर्माण गरिनेछ : ईश्वर पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ९ गते १६:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी काममा फर्कने वातावरण निर्माण गरिनुपर्ने बताएका छन्।
  • पोखरेलले पार्टी अध्यक्ष पदको उम्मेदवारी घोषणा गर्दै भण्डारीलाई पार्टी सदस्य हुनबाट वञ्चित गरिँदा पार्टीलाई असर गर्ने उल्लेख गरेका छन्।
  • उनले पार्टीलाई वैचारिक र सांगठनिक रूपमा सशक्त बनाउन भण्डारीलाई पार्टीमा फर्कने वातावरण निर्माण गरिने बताएका छन्।

९ मंसिर, काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी काममा फर्कने वातावरण निर्माण गरिनुपर्ने बताएका छन् ।

अध्यक्ष पदको उम्मेदवारी घोषणा गर्न जारी वक्तव्यमा पोखरेलले भण्डारीलाई पार्टी काममा फर्कने वातावरण बनाउनुपर्ने उल्लेख गरेका छन् ।

‘पार्टीप्रतिको आस्था र विचार, सिद्धान्त एवं नीतिहरूप्रति प्रतिबद्ध हुँदा हुँदै उहाँलाई पार्टी सदस्य हुनबाट वञ्चित गरिँदा पार्टीलाई वैचारिक रूपले थप सशक्त, सांगठनिक ढङ्गले अझ एकताबद्ध र सुदृढ बनाउने कुरामा असर पर्छ,’ पोखरेलले लेखेका छन्, ‘तसर्थ उहाँलाई पार्टी काममा फर्कने वातावरण निर्माण गरिनुपर्छ, गरिनेछ ।’

एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टी अध्यक्षको उम्मेदवारी समेत घोषणा गरेका छन् ।

यसअघि बसेको पार्टीको सचिवालय बैठकमा पनि उनले आफू अध्यक्ष बन्ने जानकारी गराएका थिए ।

मंगलबार भने उनले विज्ञप्तिमार्फत् उम्मेदवारी घोषणा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?