News Summary
Generated by OK AI. Editorially reviewed.- भक्तपुरको सूर्यविनायक नगरपालिका–५ मा सुशील थापाको घरबाट ३८ लाख ४६ हजार रुपैयाँ बराबरको सुनका गरगहना र नगद चोरी भएको छ।
- चोरी आइतबार राति भएको र ठूलो मात्रामा नगद तथा धनमाल चोरी भएको प्रहरीले बताएको छ।
- चोरीमा संलग्नहरुको खोजी भइरहेको छ तर अहिलेसम्म कोही पक्राउ परेका छैनन्।
२२ मंसिर, काठमाडौं। भक्तपुरको सूर्यविनायक नगरपालिकाको एक घरबाट ३८ लाख रुपैयाँ भन्दा बढीको चोरी भएको छ ।
सूर्यविनायक नगरपालिका–५ कटुन्जे कोलडाँडा बस्ने ३५ वर्षीय सुशील थापाको घरबाट सुनका विभिन्न गरगहना र नगद समेत गरी करिब ३८ लाख ४६ हजार रूपैयाँ बराबरको धनमाल आइतबार राति चोरी भएको छ ।
ठूलो मात्रामा नगद तथा धनमाल चोरेर फरार भएको प्रहरीले बताएको छ।
चोरीमा संलग्नहरुको खोजी भइरहेको बताए पनि अहिलेसम्म कोही पनि पक्राउ परेका छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4