+
+
WC Series
लुम्बिनी लायन्स 2025
0/0
VS
चितवन राइनोज 2025
0/0
Shares

चोरी भएका ५१ मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं उपत्यका प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच काठमाडौं उपत्यका प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब महानिरीक्षक ओम प्रसाद अधिकारी र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ४ गते १३:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं उपत्यका ट्राफिक प्रहरीले चोरी भएका ५१ वटा दुई पाङ्ग्रे सवारी साधन खोजी गरी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ।
  • ती सवारी साधनमध्ये ३३ थान मोटरसाइकल र १८ थान स्कुटर रहेका छन् र केहीमा नक्कली नम्बर प्लेट प्रयोग गरिएको थियो।
  • चोरीमा संलग्न १९ जना पक्राउ गरी आवश्यक कारबाहीका लागि प्रहरी वृत्तमा पठाइएको छ।

४ मंसिर, काठमाडौं। काठमाडौं उपत्यकाका विभिन्न स्थान र समयमा चोरी भएका ५१ वटा दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) खोजतलास गरी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज (बिहीबार) सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच काठमाडौं उपत्यका प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब महानिरीक्षक ओम प्रसाद अधिकारी र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन्।

जसमा ३३ थान मोटरसाइकल र १८ थान स्कुटर छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा फेला पारिएको ट्राफिकका प्रवक्ता तथा एसपी नरेशराज सुवेदीले जानकारी दिए।

काठमाडौं उपत्यकास्थित गोंगबु, नयाँ बसपार्क, बालाजु, सीतापाइला, रानीबारी, बौद्ध, बालकुमारी, कोटेश्वर, काँडाघारी, पुतलीसडक, अनामनगर, सिंहदरबार, मालिगाउँ, गठ्ठाघर, लुभु, लगायतका विविध स्थानबाट उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो।

आज बुझाइएका ५१ वटासहित ९१ वटा सवारी साधन गत साउन यता ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ।

चोरीका ९ वटा दुई पाङ्ग्रे सवारी साधन सहित चोरीमा संलग्न १९ जना व्यक्तिहरूलाई पनि नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?