+
+
Shares

३८ पटक पक्राउ परिसकेका व्यक्ति कार चढेर चोरीमा संलग्न, ८ जना समातिए

यसअघि उनी ३८ पटकसम्म चोरी तथा डाँका गरेको आरोपमा पक्राउ परेका थिए । पक्राउ पर्दै कारागारसम्म चलान भएर छुटेका उनै खड्का अहिले ३९ औं पटक पक्राउ परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २७ गते १८:०२

२७ कात्तिक, काठमाडौं । ३८ पटकसम्म पक्राउ परेर कारबाही भएका व्यक्ति नै पुन: चोरीमा संलग्न रहेको खुलेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको शाखा कार्यालय भक्तपुरको टोलीले चोरी गिरोहका आठ सदस्यलाई पक्राउ गरेको छ । तीमध्ये चोरी गिरोहका नाइके मोरङको पथरी शनिश्वरे नगरपालिका–९ घर भएका ४३ वर्षीय कृष्णबहादुर खड्का भने यसअघि ३८ पटकसम्म पक्राउ परेको व्यक्ति रहेको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले बताए ।

यसअघि उनी ३८ पटकसम्म चोरी तथा डाँका गरेको आरोपमा पक्राउ परेका थिए । पक्राउ पर्दै कारागारसम्म चलान भएर छुटेका उनै खड्का अहिले ३९ औं पटक पक्राउ परेका छन् । उनी यो चोरी गिरोहका मुख्य व्यक्ति रहेको प्रहरीले बताएको छ ।

खड्कासँगै प्रहरीले काभ्रेको भुम्लु गाउँपालिका–३ का २६ वर्षीय साधुराम भुजेल, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ कि २३ वर्षीया अनु गजमेर, रामेछापको दोरम्बा गाउँपालिका–८ का २२ वर्षीय बिशाल तामाङ, काभ्रेको भुम्लु–३ का २६ वर्षीय सुदीप भण्डारी, भुम्लु–३ कै २८ वर्षीय राजिब भण्डारी, काभ्रेको महाभारत गाउँपालिका–६ का २७ वर्षीय सुरज तामाङ र भुम्लु –३ का २९ वर्षीय सुजन भण्डारी छन् ।

उनीहरूले समूह बनाई चोरी, पाकेटमारी तथा लुटपाट गर्ने गरेको प्रहरीले बताएको छ । यसरी चोरी तथा लुटपाट गर्न उनीहरुले कारको समेत प्रयोग गरेको अनुसन्धानबाट खुलेको छ ।

कारमा चढेर पैसावाल मान्छे, गरगहना लगाएका मान्छेको रेकी गर्ने र एकान्त ठाउँ पुगेपछि लुटपाट गर्ने शैली देखिएको एसपी आचार्यले बताए । लुटपाट गरिसकेपछि रकम तथा गरगहनाहरू बाँडफाड गर्ने गरेको देखिएको प्रहरीले बताएको छ ।

उनीहरुबाट प्रहरीले लुटपाट गर्न प्रयोग गरेको बा ४ च ३९१६ नम्बरको कार समेत बरामद गरेको छ । त्यस्तै, चार थान मोटरसाइकल, सर्जिकल ब्लेड १ थान, १४ थान मोबाइल, नगद चार लाख २८ हजार ८८० रुपौयँ, भारु ६ हजार ६९०, अमेरिकन डलर २८ सय बरामद भएको छ ।

सुनको सिक्री, झुम्का, औठी, ब्रासलेट समेत बरामद भएको छ ।

पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?