+
+
Shares

ललितपुरमा २१ लाख बराबरको चोरी, समातिए ३ आरोपी

पक्राउ पर्नेमा नुवाकोटको बिदुर नगरपालिका–१ का ४१ वर्षीय दिनेश विश्वकर्मा, रामेछाप नगरपालिका–२ का ३२ वर्षीय दीपक थापा मगर र रामेछापको दोरम्बा गाउँपालिका–३ का ४० वर्षीय तिर्थबहादुर थापा मगर छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १ गते १३:१४
प्रतीकात्मक तस्वीर

१ मंसिर, काठमाडौं । ललितपुरमा २१ लाख रुपैयाँ बराबरको चोरी भएको छ । चोरी आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोटको बिदुर नगरपालिका–१ का ४१ वर्षीय दिनेश विश्वकर्मा, रामेछाप नगरपालिका–२ का ३२ वर्षीय दीपक थापा मगर र रामेछापको दोरम्बा गाउँपालिका–३ का ४० वर्षीय तिर्थबहादुर थापा मगर छन् ।

उनीहरूलाई जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले पक्राउ गरेको हो । उनीहरूले १९ कात्तिकमा इमाडोलको एक घरको ताला फुटाएर २१ लाख ८३ हजार ३ सय रुपैयाँ बराबरको चोरी गरेको प्रहरीले बताएको छ ।

सुनचाँदीका गरगहना र चोरी आरोपमा पक्राउ परेका उनीहरूबाट उक्त गरगहना खरिद गरेको आरोपमा अर्का एक जना पनि पक्राउ परेका छन् । गहना किन्ने खोटाङको रुपाकोट मझुवागढीका ५८ वर्षीय भीमे कामी पक्राउ परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?