२२ मंसिर, काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौं महाधिवेशनबारे तयार पारिएको अवधारणापत्र पार्टी केन्द्रीय कार्यालयमा बुझाउने भएका छन् ।
आजै दिउँसो पार्टी केन्द्रीय कार्यालयमा अवधारणापत्र बुझाउने एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिए ।
पोखरेलको अगुवाइमा बनेको अवधारणापत्र सार्वजनिक पनि गरिने उपाध्यक्ष पाण्डेले बताए ।
‘आजै हामी हाम्रो समूहको तर्फबाट कमरेड ईश्वर पोखरेलको अगुवाइमा अवधारणापत्र सार्वजनिक गर्दैछौं । त्यो हामी पार्टी कार्यालय वा अध्यक्षलाई दिएर पत्रकार सम्मेलन गर्दैछौं,’ उनले भने ।
नेतृत्व परिवर्तनको निष्कर्षसहितको तयार पारिएको उक्त दस्तावेज पार्टी कार्यालयमा बुझाइन लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4