+
+

सुचना आदानप्रदानमा धितोपत्र बोर्ड र राष्ट्र बैंकले एक अर्कालाई सघाउने

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक २४ गते १५:२७


२४ कात्तिक, काठमाडौं । नेपाल धितोपत्र बोर्ड र राष्ट्र बैंकले एकआपसमा सुचना आदान प्रदान गर्ने भएको छ ।
वित्तीय क्षेत्रमा हुने बैंकिङ कसूर लगायतका गलत कार्य तथा धितोपत्रको भित्री कारोवार लगायत अन्य विविध कसूरका कारण हुनसक्ने वित्तीय दुर्घटना रोक्न समेत यो सम्झौताले सहयोग पुग्ने विश्वास बोर्डले लिएको छ ।
धितोपत्र बोर्डले धितोपत्र बजार नियामक निकायहरुको अन्तराष्ट्रिय संस्था आइओएससीओको साधारण सदस्य हुन अनुसन्धान लगायतका कार्यको लागि बैंकिङ अभिलेखमा समेत पहुँच हुनुपर्ने प्रावधान पुरा गर्न राष्ट्र बैंकसँग यस्तो सम्झौता गरेको हो ।

बोर्ड हाल आइओएससीओको एशोसिएट सदस्य भने रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?