+
+

तरकारीको मूल्यवृद्धि नियन्त्रण गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक २६ गते १७:५८
फाइल फोटो

२६ कात्तिक, काठमाडौं । चुनाव नजिकिँदै गर्दा भएको तरकारीको मूल्यवृद्धि नियन्त्रण गर्न प्रधानमन्त्री कार्यालयले निर्देशन दिएको छ । आइतवार सरोकारवाला निकायहरूलाई बोलाएर प्रधानमन्त्री कार्यालयले मूल्यवृद्धि रोक्न निर्देशन दिएको हो ।

कार्यालयले मूल्यवृद्धि नियन्त्रण गर्न बजार अनुगमनलाई चुस्त बनाउन पनि सम्बन्धित सरकारी निकायहरूलाई निर्देशन दिएको छ । पछिल्लो समय तरकारीको मूल्य अत्यधिक बढेपछि यसको चौतर्फी आलोचना हुँदै आएको छ ।

कार्यालयले संयुक्त बजार निर्देशिका अनुसार बजार अनुगमनलाई चुस्त बनाउन आपूर्ति व्यवस्थापन विभाग, बाली विकास निर्देशनालय र कालिमाटी तरकारी तथा फलफूल बजार व्यवस्थापन समितिलाई निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?