+
+

सिरोहियाविरुद्धको छानबिनलाई निष्पक्ष बनाऊ : मानव अधिकार आयोग

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ९ गते १७:५२

९ जेठ, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको पक्राउप्रति चासो देखाएको छ ।

बुधबार आयोगको केन्द्रीय कार्यालयको टोलीले कान्तिपुर कार्यालयमा पुगेर अनुगमन गरेको छ भने प्रदेश कार्यालय जनकपुरको टोलीले सिरोहियालाई प्रहरी हिरासतमा भेटेको छ ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले बुधबार एक विज्ञप्ति जारी गरी भयरहित वातावरणमा समाचार प्रकाशन तथा प्रशारणको वातावरण सुनिश्चित गर्न र सिरोहियाविरुद्धको छानबिनलाई निष्पक्ष बनाउन सरकारलाई आग्रह गरेको छ ।

नागरिकता कीर्तेको उजुरी परेपछि प्रहरीको आग्रहमा जिल्ला अदालत धनुषाले मंगलबार सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । सोही पक्राउ पुर्जीका आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कान्तिपुर कार्यालयबाटै मंगलबार सिरोहियालाई पक्राउ गरेर धनुषा पठाएको थियो ।

बुधबार जिल्ला अदालत धनुषाले उनलाई ३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।

मानव अधिकार आयोगले नेपालको संविधानको प्रस्तावनामा पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चितता गरिएको छ भने धारा १७ मा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको उल्लेख गरिएको स्मरण गराएको छ ।

त्यस्तै मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ को धारा १९ र नेपाल पक्ष राष्ट्र भएको नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञापत्र, १९६६ को धारा १९ ले समेत विचार तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गरेको उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?