+
+

डाक्टर लाइसेन्स परीक्षामा ५४ प्रतिशत उत्तीर्ण

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ९ गते १९:१४

९ जेठ, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले चिकित्सक नाम दर्ता (डाक्टर लाइसेन्स) परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

काउन्सिलका रजिष्ट्रार डा. सतिशकुमार देवका अनुसार परीक्षामा ५४.६२ प्रतिशत उत्तीर्ण भएका हुन् ।

उनका अनुसार परीक्षामा एमबीबीएसतर्फ १ हजार ३७१ जनाले फर्म भरे पनि परीक्षामा १ हजार ३५६ जना सहभागी भएका थिए । जसमध्ये ७५१ जना (५५.३८ प्रतिशत) परीक्षार्थी उत्तीर्ण भएका छन् ।

एमबीबीएसतर्फ परीक्षामा १५ जना अनुपस्थित भएको र दुई जनाको स्थगित गरिएको छ ।

यस्तै बीडीएसतर्फको परीक्षामा २९९ जना सहभागी भएका थिए । ती मध्ये १५३ जना (५१.१७ प्रतिशत) उत्तीर्ण भएका हुन् । काउन्सिलले बीडीएसमा दुई जना अनुपस्थित रहेको जनाएको छ ।

परीक्षा गत सोमबारबाट आज (बुधबार)सम्म चलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?