+
+
Shares

जुम्ला र बर्दिबासमा एनआईसी एशियाको २ नयाँ शाखा

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक २७ गते १०:४६

२७ कात्तिक , काठमाडौं । एनआईसी एशिया बैंकले जुम्लाको चन्दननाथ नगरपालिका वडा नं. ०५ र महोत्तरीको बर्दिबास नगरपालिका वडा नं ०१ मा २६ गतेबाट दुई वटा शाखा सञ्चालनमा ल्याएको छ ।

जुम्ला शाखाको उद्घाटन त्यहाका जिल्ला उद्योग वाणिज्य सघंका अध्यक्ष राम दत्त रावलले र महोत्तरी शाखाको जिल्ला उद्योग वाणिज्य सघंका अध्यक्ष प्रल्हाद क्षेत्रीले गरेका हुन् ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी निजी क्षेत्रको अग्रणी बैंक रहेको बैंकको दाबी छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?