Comments Add Comment

नेपाल आयो हुण्डाईको ‘न्यू भर्ना’, के-के छन् फिचर्स ?


२७ कात्तिक, काठमाडौं । कोरियन कार निर्माता कम्पनी हुण्डाईले आफ्नो लोकप्रिय सेडान कार ‘भर्ना’को नयाँ जेनेरेशन नेपालमा सार्वजनिक गरेको छ । आज सोमबार थापाथलीस्थित हुण्डाई सोरुममा एक समारोहका बीच नयाँभर्ना सार्वजनिक गरिएको हो ।

हुण्डाईको आकिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलका प्रवन्ध निर्देशक अञ्जन श्रेष्ठ र निराकार श्रेष्ठले संयुक्त रुपमा नयाँ भर्नालाई सार्वजनिक गरे ।

नयाँ पुस्ताको यो भर्ना पाचौं संस्करणका रुपमा आएको हो । उत्कष्ट आन्तरिक तथा बाह्य डिजाइनयुक्त यो सेडान कारले नेपााली बजारमा आफ्नो सेगमेन्टमा उत्कृष्ट उपस्थिति जनाउने दावी लक्ष्मी इन्टरकन्टिनेन्टलले गरेको छ ।

पुरानो भर्नाको डिजाइन र सुविधाहरु ‘रिफ्रेस’ गरी नयाँ भर्नालाई बिल्कुलै फरक अवतारमा बजारमा ल्याएको छ ।

यसका पेट्रोलका तीन वटा भेरियन्ट नेपालीबजारमा आएको छ । ईएक्स भेरियन्टको मूल्य ४२ लाख ९६ हजार, एसएक्सको ४४ लाख ९६ हजार तथा ईएक्स अटोमेटिककको ४६ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।

नयाँ भर्ना  शक्ति तथा बजोड नियन्त्रण लगायतका गुणले सुसज्जित रहेको कम्पनीले बताएको छ । नेपाली सडक सुहाउँदो मानिएको भर्नामा विभिन्न अत्याधुनिक तथा अत्यावश्यक फिचर्सहरु राखिएका छन् ।

‘नेपाली सडकका लागि यो उत्कृष्ट गाडी हो भन्ने तथ्य यसअघि नै पुष्टी भइसकेको छ । अझ यसलाई परिस्कार गरेर प्रस्तुत गरिएकाले सबैले यसलाई रुचाउनेमा हामी ढुक्क छौं,’ लक्ष्मी इन्टरकन्टिनेन्टलका कर्पोरेट सेल्स म्यानेजर अनिश लामिछानेले भने, ‘यो निकै व्यवहारिक, विश्वासिलो र उत्कृष्ट कार हो । अन र अफ-रोड दुवैमा यसले राम्रो काम गर्छ ।’

यसमा विभिन्न २१ किसिमका फिचर्सहरु भएकाले यसको परफरमेन्स पनि उत्कृट रहेको लामिछानेले बताए ।

यो कारले होण्डाको सिटी र फक्सवागनको भेन्टोसँग प्रतिस्पर्धा गर्ने कम्पनीका सेल्स एण्ड मार्केटिङ उपमहाप्रवन्धक रुपेश शर्मा भट्टले बताए ।

पावरफूल कार

यो कार फिचर्सको मामिलामा धनी रहेको कम्पनीको दावी छ । यो कारले १७.७० किलोमिटर प्रतिलिटरको माइलेज दिन्छ । पावरफुल भर्ना गाडी अटोमेटिक ट्रान्समिसनमा पनि उपलब्ध गराइएको छ ।


स्पीड म्यानुअल गियरबक्सको समेत विकल्प दिइएको गाडीको १.६ लिटरको इञ्जिन निकै शक्तिशाली मानिएको छ । यो गाडीले १२३ बिपीएच पावर दिन्छ । जसले ४८५० आरएमपीमा १५.४ केजीएमको टर्क उत्सर्जन गर्छ ।

यसको शक्तिशाली इन्जिनले ओभरटेकिङ एबिलिटीलाई निकै मजबुत गरेको छ । उत्कृष्ट ससपेन्सन सिस्टमले कारलाई थप आकर्षक र आरामदायी बनाएको छ ।

उत्कृष्ट बनोट र डिजाइन

यो कारको बाहिरी डिजाइन पनि निकै आकर्षक मानिएको छ । नयाँ भर्नामा विशेष क्यसकेड क्रोम फ्रन्ट ग्रील छ । यसलेकारलाई चुस्त र स्टाइलिस देखाएको छ । कारको रेयर र बर्ड आई भ्यु लुक्स पनि निकै उत्कृष्ट छ ।

विन्डो बेल्ट लाइन क्रोम, बी पिलर ब्ल्याक आउट टेप, बडी कलर्ड, क्रोम आउटसाइड डोर ह्याण्डल, डुअल टोन रियर बम्पर, टर्न आउटसाइड ल्याम्पसले भर्नालाई यो सेग्मेन्टमै अद्वितीय देखाएको छ ।

यसमा नयाँ एलईडी टेल लाइट्स, ५ स्पोक १६ इन्च एलोय ह्वीललाई डुअल टोन फिनिस दिइएको छ ।

अब्बल इन्टेरियर

इन्टेरियर पनि निकै आकर्षक बनाइएको छ । ड्राइभर तथा प्यासेन्जरका लागि सिट ब्याक पकेट पनि दिइएको छ । मेटल फिनिस इन्साइड डोड ह्याण्डल छ ।

प्यान्थनम ब्ल्याक, फेरि रेड, सिल्क सिल्भर, फ्लेम ओरेन्ज, पोलार ह्वाइट र सियना ब्राउन कलरमा उपलब्ध छ । पि्रमियम सेडान सेगमेन्टमा भर्नाले एसेन्टमा रुपमा पहिलो देखिनै नेपाली बजारमा आधिपत्य जमाँदै आएको छ ।

यसमा डुअल टोन क्याविन छ । जुन हेर्दा आकर्षक मात्रै छैन, यात्रुका लागि आरामदायी पनि छ । यसमा एपल कार प्ले सिस्टम छ । मिररलिंक, ब्ल्यु टुथ,को साथमा ७ इन्चको टचस्क्रीन इन्फोटेन्मेन्ट सिस्टम पनि जोडिएको छ ।

यसको हेड रुपमा र लेगरुम पनि आरामदायी छ ।

कुल्ड ग्लोभ बक्स, डोरसाइड म्याप पकेट, सेन्टर कन्ट्रोल स्टोरेज, लगेज ल्याम्प, रेयर सिट कप होल्डर लगायतका सुविधा पनि छ ।

सुरक्षामा ‘नो कम्प्रोमाइज’


यो कारमा बस्ने हरेकलाई लक्षित गरी सुरक्षा व्यवस्था गरिएको छ । सेफ्टीका लागि ६ एयरब्याग, कोर्निङ ल्याम्प्स, फ्रन्ट प्रोजेक्टर, एबीएस, ईबीडी, लगायतका फिचर्स पनि सामेल छ ।

सुरक्षाका विभिन्न फिचर्सले कारलाई अफ-रोडमा समेत स्थिर र नियन्त्रणमा राख्न मद्दत गर्ने दावी कम्पनीको छ ।

बलियो बडी डिजाइन र च्यासिसले कारको सुरक्षालाई प्रत्याभुत गर्छ । पार्किङको बेला अन्य गाडीसँग नठोक्कियोस् भन्नका लागि रेयर पार्किङ क्यामेरा जडान गरिएको छ ।  यो कारको बनोट के-टु प्लेटर्फममा आधारित भएकाले निकै सुरक्षित मानिन्छ ।

बनोट नै सुरक्षालाई प्राथमिकतामा राखेर तयार गरिएकाले यसले यात्रुलाई ठूला दुर्घटनाहरुमा पनि सुरक्षित राख्ने दावी कम्पनीको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment