+
+
Shares

एटीएम प्रयोग गरी चोरी गर्ने बुल्गेरियन नागरिक पक्राउ

रासस रासस
२०७४ कात्तिक २७ गते १६:१८

२७ कात्तिक, काठमाडौँ । अनधिकृतरूपमा ‘एटीएम कार्ड’को प्रयोग गरी रकम निकाल्ने एक बुल्गेरियन नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बुल्गेरियाका नागरिक भिटालिय भालेभिच्नेकिटलाई पक्राउ गरेको हो ।

ठमेललगायतका विभिन्न स्थानमा रहेका बैंकका एटिएमबाट अनधिकृतरूपमा रकम निकाल्न प्रयास गरिरहेको तथा नेपाल इन्भेष्टमेन्ट बैंकको ठमेल, चाक्सीबारीस्थित एटिएममा स्किमर जडान गरेको भनी हुलियासहितको सूचना प्राप्त भएपछि ब्यूरोबाट खटिएको टोलीले खोजी अगाडि बढाएको थियो ।

काठमाडौँका सम्भावित न्यूरोड, ठमेल, दरबारमार्ग, सोह्रखुट्टे, क्षेत्रपाटीलगायतका स्थानमा जडान गरिएका एटिएममा गोप्य निगरानी गर्दै जाँदा ठमेल, नरसिंहचोकस्थित एक होटलबाट उनलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।

उनको कोठाबाट १८ थान एटिएम कार्ड, ग्लोबल आइएमई बैंक, सानिमा बैंक तथा नबिल बैंकको एटिएमबाट रकम निकालेको कागज, विद्युतीय उपकरणहरु खोल्न प्रयोग हुने विभिन्न प्रकारका औजार प्रहरीले बरामद गरेको छ ।

पक्राउ परेका अभियुक्तमाथि बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

हालसम्म ब्यूरोले विदेशी नागरिकविरुद्ध गरिएको कारबाहीमा चार रोमानियन, चार टर्किस, चार बुल्गेरियन, चार मोल्दोभियन र दुई भारतीय गरी जम्मा १८ जना विदेशी नागरिक पक्राउ गरिसकेको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?