Comments Add Comment

‘फुर्के’को फस्टलुक रिलिज


निर्देशक भद्र भुजेलले आफू निर्देशित चलचित्र ‘फुर्के’को फस्टलुक रिलिज गरेका छन् । चलचित्रका प्रस्तुतकर्ता एम बी राउत हुन् । चलचित्रको फस्टलुकमा ३ जना कलाकारलाई देखाइएको छ । यो चलचित्रलाई पूर्ण रुपमा कमेडी जनरामा निर्माण गरिएको छ ।

चलचित्रमा दीपक ढकाल, सुरेन्द्र बुढाथोकी, सुनिल सिंह, कशिस दाहाल, नैना राना, उतम केसी, सिदान्त लगायतका कलाकारले अभिनय गरेका छन् । देबेन्द्र खड्का र मानबहादुर राउतको लगानीमा तयार भएको चलचित्रमा सह-निर्माताको रुपमा कल्पना मरहठ्ठा शाही, प्रकाश बस्नेत र आषिस छन् भने यसका कार्यकारी निर्माता बखत बिष्ट हुन् ।

चलचित्रमा नबिन पन्तको लेखन, बिष्णु बरालको छायांकन, श्रृजन बरालको नृत्य, रोशन बुधथापा र नरेन्द्र रावलको संगीत, सुवास देवकोटाको सम्पादन छ । यो चलचित्रलाई माघ १२ गतेबाट रिलिज गर्ने तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment