Comments Add Comment

निर्वाचन अायोगले भन्योः सुरक्षा चुनौती बढ्यो, सतर्क रहनु

मतदातालार्इ अाफै सुरक्षित रहन अाग्रह

२८ कात्तिक, काभ्रे । प्रमुख निर्वाचन आयुक्त डा.अयोधिप्रसाद यादवले सुरक्षा चुनौती बढेको बताएका छन् ।

काभ्रेको धुलिखेलमा दृष्टिविहीन नागरिकसँग भएको अन्तक्रियामा आयुक्त यादवले उमेदवारहरुलाई मात्र नभई मतदाताहरुमा समेत सुरक्षा चुनौती बढेको भन्दै प्रमुख आयुक्त यादवले सचेत र सुरक्षित हुन आग्रह गरेका छन् ।

सुरक्षा निकायको मात्रै भर नपरी मतदाता आफै पनि सुरक्षित र सचेत रहन प्रमुख आयुक्त यादवले आग्रह गरे ।

सोही कार्यक्रममा उनले राष्ट्रसेवक कर्मचारीले पार्टीको झण्डा र प्रचारमा हिड्नु लाज्जास्पद भएको बताए । शिक्षक र निजामती कर्मचारीले दलपिच्छे झोला बोक्नु अशोभनीय भएको भन्दै यस्ता काम बन्द गर्न आग्रह गरे ।

कार्यक्रममा नेपाल नेत्रहीन संघका अध्यक्ष रमेश पोखरेलले सरकार जिम्मेवार नबन्दा फरक क्षमता भएका व्यक्तिहरुका लागि निर्वाचन आयोगले निर्वाचनमा सहभागि गराउन र निर्वाचना शिक्षाका लागि आवश्यक प्रविधि भित्र्याउन नसकिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment