बुधबार, ६ मंसिर, २०७४
OnlineKhabar.com

यू-१९ एशिया कपः नेपाल सेमिफाइनलमा, साविक बिजेता भारत आउट

अनलाइनखबर

२८ कात्तिक, काठमाडौं । एसीसी यू-१९ युथ एशिया कप क्रिकेटको समूह चरणमा बंगलादेशले भारतलाई ८ विकेटले हराएपछि नेपाल समूह उपबिजेता हुँदै प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

यू-१९ क्रिकेटमा नेपाल एशिया कपको सेमिफाइनलमा पुगेको यो पहिलो पटक हो ।

उमेर समूहको एशिया कपमा सबैभन्दा सफल तीन पटकको च्याम्पियन भारत लगातार दुई खेलमा नेपाल र बंगलादेशसँग पराजित भएपछि समूहचरणबाट माथि जान सकेन ।

डकवर्थ लेविस नियम अनुसार ३२ ओभरमा झारिएको खेलमा १९० रनको लक्ष्य पाएको बंगलादेशले २८ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । बंगलादेशका लागि पिनाक घोषले सर्बाधिक ८१ रनको अविजित पारी खेले ।

यसअघि रोयल सिलांगोर क्लवको मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले ३२ ओभरमा ८ विकेट गुमाएर १८७ रन बनाएको थियो । वर्षाले प्रभावित भएपछि खेल ३२ ओभरमा झारिएको थियो ।

समूह एमा बंगलादेशले शत प्रतिशत जित निकाल्दै समूह बिजेताको रुपमा सेमिफाइनलमा पुग्दा समूहमा २ जित निकालेको नेपाल ४ अंकसहित समूह उपबिजेताको रुपमा सेमिफाइनलमा पुग्यो ।

बंगलादेशसँग २ विकेटले हारेको नेपालले भारतलाई १९ रन र मलेसियालाई ८ विकेटले हरायो । यता भारतले भने पहिलो खेलमा मलेसियालाई २०२ रनले हराए पनि नेपाल र बंगलादेशसँग पराजित भयो ।

यस समूहबाट भारतसँग आयोजक मलेसिया पनि समूह चरणबाटै बाहिरियो ।

२०७४ कार्तिक २८ गते १९:३६ मा प्रकाशित (२०७४ कार्तिक ३० गते १७:२९मा अद्यावधिक गरिएको)

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

३ प्रतिकृयाहरू प्राप्त
  • Mahendra Bhandari लेख्नुहुन्छ    |   २०७४ कार्तिक २८ गते १६:०१

    मुरी मुरी धन्यवाद नेपाली क्रिक्रेट टिमलाई । अब अफगानिस्तालाई हराई फाईनलमा जितेर नेपाल र नेपालीको शिर ठाडो बनाउनु पर्छ । अग्रिम शुभकामना

    10
    0
    Share

  • asis sharma लेख्नुहुन्छ    |   २०७४ कार्तिक २८ गते १८:२९

    aba team le sherbhadur ko gali khane bho. yesma bam gathabandan ko chalkhel huna sakcha

    11
    3
    Share

  • RAJENDRA GHIMIRE लेख्नुहुन्छ    |   २०७४ कार्तिक २९ गते १०:१५

    बधाई छ नेपाली टिमलाई |

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this