Comments Add Comment

‘नालापानी’का लागि यसरि हुँदैछ नेपाल आर्मीको अडिसन

प्रोफेसर रामराज कुँवर र डाक्टर धन बहादुर कुँवरले लेखेको पुस्तक ‘विर वलभद्र कुँवर’मा आधारित रहेर एक चलचित्र निर्माण हुने भएको छ । चलचित्रको नाम ‘नालापानी’ राखिएको छ । रिमेश अधिकारीले निर्देशन गर्न लागेको यो चलचित्रको हाल धमाधम अडिसन चलिरहेको छ ।

यो चलचित्रको सुरुवाती अडिसन नै नेपाली सेनाबाट गरिएको छ । चलचित्रमा धेरै द्धन्द्धका दृश्यहरु भएको र यस्ता योद्धाहरु तयार पार्न समय लाग्ने भएकाले आफूहरुले नेपाल आर्मीकै जवानहरुलाई छनोट गर्न लागेको निर्देशक अधिकारीले बताए ।

तर, चलचित्रको प्रमुख भूमिकामा भने नेपाल आर्मीका कलाकार हुने छैनन् । यो चलचित्रलाई नेपाली सेनाले पुराना हतियार, तोप, सैनिक, कलाकार, सैनिक नियम तथा सैनिक नियमका लागि प्रशिक्षक सहयोग गरेको छ ।

निर्माता मनोज शाक्यले नेपाली चलचित्रको इतिहासको एउटा गर्व गर्न लायक बिषय समेटर चलचित्र बनाउन लागेको बताए । यो चलचित्रमा अर्जुनजंग शाही, नवल खड्का, मनोज शाक्य, पूजना प्रधान, इशान विजु श्रेष्ठ, विशाल श्रेष्ठ, गीता अधिकारी लगायतको मुख्य भूमिका रहनेछ ।

सम्राट शाक्य कार्यकारी निर्देशक रहेको यो चलचित्रमा आशिष रेग्मीको पटकथा तथा संवाद, रोशन श्रेष्ठको एक्सन रहनेछ । चलचित्रको छायांकन कहिलेबाट सुरु हुन्छ भन्ने टुंगो लागेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment