Comments Add Comment

अबुधावीका युवराजले गरे नेपाली कामदारको प्रशंसा

२९ कात्तिक, काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधावीका युवराज शेख मोहमद विन जायद अल नायनले त्यहाँ कार्यरत् नेपाली कामदारको प्रशंसा गरेका छन् ।

यूएई भ्रमणको क्रममा रहेकी राष्ट्रपति भण्डारीसँग बुधबार भेटवार्ता गर्दै उनले नेपाली कामदारले यूएईमा उच्च सम्मान र प्रशंसा पाउने गरेको बताएका हुन् ।

‘यहाँ नेपाली कामदारले इमान्दार र मेहनती व्यक्तिको रुपमा परिचय बनाएका छन्’, त्यहाँका शसस्त्र प्रहरीको नायब सर्वाेच्च कमाण्डर समेत रहेका उनले राष्ट्रपति समक्ष भने ।

यसैबीच, भेटवार्ताको क्रममा शेखले नेपाल र यूएईबीचको कुटनीतिक सम्बन्ध ४० वर्ष पुगेकोमा खुशी व्यक्त गरे । उनले आपसी सद्भाव र सहयोगमा आधारित दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध अझै प्रगाढ बन्दै जाने विश्वास व्यक्त गरे ।

उनले नेपालको विकासको गतिविधिमा सहयोग गर्ने आफ्नो देशको इच्छा रहेको समेत बताए । स्वास्थ्य र शिक्षाको आफूहरुको प्राथमिकतामा पर्ने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment