Comments Add Comment

अभिभावकलाई टिप्सः बच्चालाई कसरी पुस्तक पढ्न बानी लगाउने ?

अहिले बच्चाहरु ट्याबलेट, मोवाइल, टिभी, ल्यापटपमा झुम्मिन थालेका छन् । यहि कारण पाठ्यपुस्तकप्रति उनीहरुको रुची घट्दो छ । पठन संस्कृति हराउँदै गएको छ ।

कति आमाबुवा दुखेसो गर्छन्, ‘छोराछोरीले पढ्नै मानेनन् ।’

मनोरञ्जनको विकल्प बढ्दै जाँदा बालबालिका कितावमा घोत्लिन छाडेका छन् । पुस्तक पढ्नुभन्दा स्मार्ट फोनमा गेम खेल्नु, भिडियो हेर्नुमै रमाउन थालेका छन् ।

डिजिटल भर्सेस प्रिन्ट

सन् २०१३ देखि २०१५ सम्म गरिएको एक सर्भेक्षणमा भारत, जापान, अमेरिका, जर्मनी र स्लोभेनियाका ४ सय २९ विश्वविद्यालयका छात्रहरुलाई डिजिटल र पि्रन्टेड पुस्तकको तुलना गर्न लगाइएको थियो । यसमा अधिकांसले भनेका थिए कि पि्रन्टेड पुस्तकको बास्ना उनीहरुलाई मन पर्छ ।

कागजलाई छुँदा, हेर्दा, समात्दा उनीहरुलाई बेग्लै आभास हुन्छ र पढेको कुरा पनि दिमागमा घुस्छ । त्यसैले बच्चाहरुलाई डिजिटल मात्र नभएर पि्रन्टेड पुस्तक पनि उपलब्ध गराउनु आवश्यक छ ।

सामाजिक सञ्जालको असर

सामाजिक सञ्जालमा ज्ञान त धेरै हुन्छन्, तर ती कति सही हुन्छन् वा गलत भन्ने ऐकिन हुँदैन । जसको मनमा जे आउँछ, त्यसलाई अडियो, भिडियो वा टेक्स्टका रुपमा पोष्ट गरिदिन्छ । यस्ता कुराहरुले बालबालिकाको दिमागमा अधकल्चो वा गलत जानकारी बस्ने खतरा हुन्छ । त्यसैले सामाजिक सञ्जालबाट बच्चाहरुले सबै कुरा थाहा पाइहाल्छन् भनेर ढुक्क हुनुहुँदैन ।

यस्तो पृष्टभूमीमा कसरी बच्चालाई पुस्तकमा ध्यान फर्काउने त ? बच्चालाई कसरी पढ्न बानी लगाउने ? यसका केहि काइदा छन् ।

किताब पढेर सुनाउने

सानैदेखि आफ्ना बच्चालाई पुस्तकका कथा पढेर सुनाउनुपर्छ । यसबाट स्वभाविक रुपमा बच्चाहरुको पुस्तकप्रति प्रेम बस्छ । यति मात्र होइन, यसरी कथा सुनाउने गर्दा र बच्चाहरुबीचको सम्वन्ध पनि अझै प्रगाढ र सुमधुर हुन्छ ।

प्रतिदिन करिब २० मिनेट आफ्ना बच्चाहरुसँग बसेर केही पढ्ने प्रयास गर्नुस । यसबाट उनीहरुमा पढ्ने बानीको विकास हुन्छ ।

बुझेर पढ्ने बानी

बच्चाले छिटो छिटो किताब पढ्नु भन्ने मात्र हाम्रो लक्ष्य होइन । उनीहरुले जे पढेका छन्, त्यसलाई राम्ररी बुझुन्, मनन गरुन् र आफ्नो जीवनमा त्यसलाई उतार्ने प्रयास गरुन् ।

यस्ता प्रश्न सोधौं, जस्तैः अब के हुनुपर्छ ? यो पात्रले गरेको काम ठिक छ ? यदि तिमी यसको ठाउँमा भएको भए के गर्थेउ ? आदि । यस्ता प्रश्नबाट तपाईंको बच्चाको कल्पनाशक्ति पनि विकास हुन्छ ।

बच्चाको रोलमोडल बन्ने

बच्चा सानैदेखि पढ्नमा शौखिन छ भने पनि घरमा कुनै रोलमोडलको अनुपस्थितिमा उ कुहिरोको काग बन्न सक्छ । आफु स्वयम् उसको रोलमोडल बन्ने प्रयास गर्नुपर्छ र उसको उपस्थितमा पढ्ने गरौं । हामी आफु पढ्नमा धेरै शौख नहुन सकिन्छ, तैपनि प्रयास गरौ । हामीले पढेको देखेर बच्चामा स्वतः पढ्ने उत्प्रेरणा जागृत हुनेछ ।

भिन्न प्रकारका पुस्तकलाई साथी बनाउने

बच्चाहरु अक्षर पढ्न थाल्छन्, उनीहरुलाई फरक-फरक प्रकृतिका पुस्तकहरु पढ्न दिनुपर्छ । जस्तै अक्षरको ज्ञान दिने पुस्तक, बाल कथा, बाल कबिता, बाल पत्रिका आदि । यसबाट उनीरुको ज्ञानको दायरा फराकिलो हुन्छ ।

खेलैखेलमा पढाई

कयौं खेलहरुको माध्यमल आफ्ना बच्चाहरुलाई पढाईतर्फ आकषिर्त गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment