Comments Add Comment

१८ देशको चुनावमा ह्याक भएको खुलासा

 

गत वर्ष विश्वका विभिन्न १८ देशमा भएका आम चुनावको नतिजा ह्याक भएको खुलासा भएको छ ।

फ्रिडम हाउस नामक एक स्वतन्त्र वाचडग संस्थाले गरेको अनुसन्धानले अनलाइन कुप्रचार तथा ह्याकिङबाट गत वर्ष विभिन्न १८ देशका चुनाव प्रभावित भएको देखाएको छ ।

सरकार, ह्याकिङ सफ्टवेयर अर्थात् बट्स तथा विचार निर्माताहरुबाट अनलाइन डिस्कोर्स कसरी प्रभावित हुन्छ भन्ने विषयमा संस्थाले अध्ययन गरेको छ ।

अध्यननका क्रममा विभिन्न ३० देशका सरकारहरुले विपक्षीलाई धरासायी बनाउनका लागि सक्रिय रुपमा सोसल मिडियाको प्रयोग गर्ने गरेको पाइएको छ ।

प्रयोगकर्तालाई फेक न्यूज पहिचान गर्ने विषयमा सुसूचित गर्ने र प्रविधि कम्पनीहरुले आफ्नो नेटवर्क दह्रिलो बनाउने हो भने यस्तो अनलाइन म्यानिपुलेसन कम गर्न सकिने शोधकर्ताको निष्कर्ष छ ।

खराब असर

विश्वका ८७ प्रतिशत इन्टरनेट प्रयोगकर्ता रहेका विभिन्न ६५ वटा देशहरुमा अध्ययन गरिएको थियो ।

अध्ययन अनुसार नागरिकले अनलाइन गर्ने काम तथा शेयर गर्ने कुराहरुमा सरकारहरुले नियन्त्रण बढाइरहँदा नागरिकको अनलाइन स्वतन्त्रता घट्दै गएको छ । अनलाइन बहसलाई प्रभावित पार्न विभिन्न विधिहरुको प्रयोग हुने गरेको पाइएको छ, जसमा-

  • आधिकारिक सन्देश जस्तो प्रतित गराउनेे अटोमेटेड बोट्सहरुको प्रयोग
  • सरकारको समर्थन गर्नका लागि अनलाइनमा पैसा तिरैरै कमेन्ट गर्नेहरु खटाउने
  • नक्कली तथा गलत समाचारहरु फैलाउने नक्कली समाचार साइटहरुको बिगबिगी
  • ट्रोलिङ

यसबाहेक फायरवाल्स, कन्टेन्ट फिल्र्ट तथा भिपिएन जस्ता टेक्निकल टूलमा बन्देज लगाउने उच्चस्तरीय प्राविधिक नियन्त्रणका विधि पनि सरकारहरुले प्रयोग गर्ने गरेका छन् ।

दमनकारी राज्यका लागि सोसल मिडिया आफ्नो प्रचार गर्ने वा आफ्ना कुरा लाद्ने निकै चल्तीको माध्यम बनेको छ ।

शोधकर्ताहरुका अनुसार यस्ता नियन्त्रणका विधिहरु चीन र रुसले सुरुवात गरेका भएपनि यो अहिले विश्वव्यापी बनिसकेको छ ।

टर्की, फिलिपिन्स, सिरिया, इथियोपियाजस्ता देशहरुमा इन्टरनेटलाई कब्जामा लिने यस्तो कार्यको प्रयोग बढिरहेको बताइएको छ ।

शोधकर्ताहरुका अनुसार अनलाइन कब्ज्ाा गर्ने वा ह्याक गर्ने यस्ता तरिकाहरु नागरिक अधिकार तथा प्रजातन्त्रका लागि गम्भीर असर पार्ने खालका छन् ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment