Comments Add Comment

सानिमा बैंक लिमिटेड र भारतको एक्सिस बैंकबीच रेमिट्यान्स सम्झौता

३० कात्तिक, काठमाडौं । सानिमा बैंक लिमिटेड र एक्सिस बैंकबीच भारत-नेपाल रेमिट्यान्स सेवा सम्झौता भएको छ ।
उक्त सम्झौता अन्तर्गत सानिमा बैंकको रेमिटयान्स सेवा सानिमा एक्सप्रेस मार्फत भारतबाट पठाएको रकम सानिमा बैंकको ४७ शाखा लगायत नेपालभरि ७००० भन्दा बढी आधिकारिक प्रतिनिधिमार्फत भुक्तानी लिन सकिनेछ ।

भारतबाट नेपाल पैसा पठाउँदा नेपालमा भएको सानिमा बैंकको खाता वा कुनै पनि बैंकमा भएको खातामा जम्मा गर्न पनि सकिनेछ ।

उक्त सम्झौतापत्रमा सानिमा बैंकको तर्फबाट प्रमुख वित्तीय अधिकृत सरोज गुरागाई र एक्सिस बैंकको तर्फबाट वित्तिय संस्था समूहका प्रमुख अशोक गौतमले हस्ताक्षर गरेका हुन् ।

आन्तरिक रेमिट्यान्स सेवाको साथै सानिमा एक्सप्रेसले यूएई, कतार, यूके, कोरिया लगायत विश्वभरिबाट तथा एक्सप्रेस मनिको सहकार्यमा रेमिट्यान्स सेवा दिँदै आइरहेको छ ।

सानिमा बंैकले छिटै आफनो रेमिट्यान्स सेवा अरु देशहरुबाट पनि संचालनमा ल्याउने तयारी गरिरहेको छ ।

सम्झौताअनुरुप सानिमा बैंक मार्फत सजिलो र भरपर्दाे माध्यमबाट भारतमा बस्ने नेपालीहरु रेमिट्यान्स सेवालिन सकनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment