Comments Add Comment

मंसिरमा बिहेका ६ वटा साइत, नभ्याउनेले माघसम्म पर्खनुपर्ने

यस्ता छन् मंसिरभरि दिवसै दिवस


१ मंसिर, काठमाडौं । आजबाट मंसिर सुरु भएको छ । नेपाली परम्परा अनुसार मंसिरदेखि विवाहको लगन सुरु भएको मानिन्छ । तर यसवर्षको मंसिरमा ६ वटामात्रै विवाहका साइत छन् ।

मंसिरको ६ गते पहिलो विवाह साइत जुरेको छ । ७ गते पनि विवाहको साइत परेको छ । त्यसपछि मंसिर १२, १७ र १८ गते विवाहका लगन छन् ।

मंसिर १८ गतेसम्म विवाह गर्न नभ्याउनेले लगान जुराएर बिहे गर्ने हो भने २५ गतेसम्म कुर्नुपर्ने हुन्छ । २५ गते मंसिरको अन्तिम साइत हो । यदि मंसिर २५ गते पनि विवाह गर्न भ्याइएन भने माघसम्म कुर्नु पर्ने छ । किनभने पुसमा एउटा पनि विवाहको लगन छैन ।

माघ महिनामा पनि जम्माजम्मी एक दिन मात्रै विवाहको साइत छ । माघ २४ गते मात्रै लगन छ ।

लगन जुराएर माघमा विवाह गर्न नभ्याउनेहरुले फागुनको ६ गते विवाहको जोहो गर्नुपर्ने छ । फागनुमा भने ८ वटा साइत छन् ।

फागुनमा ११, १२, १९,२०, २२, २८ र २९ गते विवाहका साइत जुर्ने पञ्चाङ्गमा उल्लेख छ ।

मंसिरमा साइत वा लगन जुराएर बिहे गर्नेहरुका लागि धेरै सुविधा नदेखिए पनि उत्तम साइत नजुर्ने दिनमा समेत बिहे गर्न सकिने पुरोहितहरु बताउँछन् ।

मंसिरभरि दिवसै-दिवस

यो महिना सबैभन्दा धेरै दिवस परेका छन् । मंसिर ३ गते आइतवार विश्व शौचालय दिवस परेको छ भने ४ गते विश्व बालअधिकार दिवस र ५ गते टेलिभिजन दिवस परेको छ ।

सरकार र माओवादीवीच शान्ति सम्झौता भएको दिन पनि मंसिर ५ गते नै हो ।

त्यस्तै मंसिर ९ गते शनिबार महिला हिंसा अन्त्य दिवस परेको छ ।

१३ गते राष्ट्रिय क्षयरोग दिवस परेको छ भने १५ गते विश्व एड्स दिवस अनि १६ गते अन्तराष्ट्रिय दासता उन्मूलन दिवस परेको छ । १७ गते उधौली पर्व÷यमरि पुन्हि र अन्तराष्ट्रिय अपाङ्ग दिवस परेको छ ।

त्यसैगरी मंसिर १९ गते अन्तराष्ट्रिय स्वयंसेवक दिवस परेको छ भने त्यसको दुई दिनपछि अन्तराष्ट्रिय नागरिक उड्डयन दिवस परेको छ । २३ गते शनिवार भ्रष्टाचार बिरुद्धको दिवस परेको छ ।

दिवसहरुका साथै मंसिर १० र २१ गते आम निर्वाचनसमेत परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment