+
+

लेबनानका प्रधानमन्त्रीले साउदी अरब छाडे

 बीबीसी बीबीसी
२०७४ मंसिर २ गते ७:४१

२ मंसिर, रियाद । लेबनानका प्रधानमन्त्री साद अल हरीरीले साउदी अरब पनि छाडेका छन् । साउदी अरबको रियाद भ्रमणमा रहेका बेला उनले अप्रत्याशित रुपमा प्रधानमन्त्रीे पदबाट राजीनामा दिएका थिए । उनकाे राजीनामा  स्वीकृत भने भएकाे छैन ।

आफूलाई मार्ने षडयन्त्रको सूचना पाएको भन्दै पद त्याग गरेका हरीरी साउदी अरबबाटै फ्रान्सको पेरिस प्रस्थान गरेको बीबीसीले लेखेको छ ।

प्रधानमन्त्री हरीरी गत नोभेम्बरमा प्रधानमन्त्री बनेका थिए । त्यसअघि उनी सन् २००९ देखि २०११ सम्म पनि प्रधानमन्त्री बनेका थिए । उनको बुवाको सन् २००५ मा हत्या भएको थियो । अहिले पनि त्यतिबेलाको जस्तै अवस्था आएको भन्दै हरीरीले साउदी अरबको भ्रमणबाट लेबनान नफर्किएर पेरिस प्रस्थान गरेका छन् ।

फ्रान्सले लेबनानको राजनीतिक संकट समाधानका लागि मध्यस्थता गर्दै आएको छ । फ्रान्सका राष्ट्रपति इमानुअल म्याक्रोनले भनेका छन्– साउदी अधिकारीहरुसँग वार्ता गर्न हरीरीलाई पेरिस बोलाइएको छ ।

लेबनानका अधिकारीहरुले हरीरीलाई साउदी अरबले नियन्त्रणमा लिएको भनेर गरिएको दाबीलाई रियादले झुठो बताउँदै आएको छ । साथै उसले हरीरीलाई राजीनामा दिन दबाव दिएको आरोपको पनि खण्डन गरेको छ ।

लेबनानमा इरान र हिजबुल्लाहले राजनीतिक हस्तक्षेप गर्दै आएको साउदीको आरोप छ । साउदी अरब इरान र हिजबुल्लाहको कट्टर विरोधी देश हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?