Comments Add Comment

रौतहटको चन्द्रपुरमा बम विस्फोट, ८ जना घाइते

२ मंसिर, गौर । रौतहटको चन्द्रपुर नगरपालिका ५ राधाकृष्ण मन्दिर नजिकै भएको बम विस्फोट भएको छ । विस्फोटमा ८ जना घाइते भएका छन् ।

वाम गठबन्धनको भेला स्थल नजिकै ठूलो आवाजसहित विष्फोट भएको हो । बम विष्फोटमा परी ३१ वर्षीया सीता राई र उनका ७ वर्षीय छोरा जैविक राई गम्भीर घाइते भएका छन । यसैगरी लक्ष्मी राई, रत्न बहादुर विक, कुन्ता खत्री, गोपाल विक, दिलमाया राई तथा यमुना काफ्ले घाइते भएका छन् ।

घाइते मध्ये गोपाल विक र यमुना काफ्लेको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको छ भने बाँकी ६ जनालाई थप उपचारको लागि भरतपुर पठाइएको छ ।

विष्फोटका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुस् 

रामचन्द्र पौडेललाई लक्षित गरी प्रेसरकुकर बम प्रहार

कार्यकर्ता चढेको बस र जीपलाई लक्षित गरेर ओखलढुंगामा बम प्रहार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment