Comments Add Comment

सलमान पाएपछि ज्याकलिनले छाडिन् टाइगरको साथ


बलिउडमा जम्दै गरेका नायकहरुको साथमा काम गर्दा नायिका ज्याकलिन फर्नान्डेजलाई खासै फाइदा भएन । उनी, बलिउडमा उदाउँदै गरेका नायक टाइगर श्राफ, सिद्धार्थ मल्होत्रा जस्ता नायकसँग चलचित्रमा देखिइन् । तर, चलचित्र असफल भएपछि उनको करिअर पनि चम्किएन । यसैले, ज्याकलिन र उनको टिमले अब उदाउँदै गरेका नायकसँग चलचित्र नेखल्ने निर्णय गरेको छ ।

यसैले हालैमात्र ज्याकिलनले एक चलचित्रको अफर अस्विकार गरेकी छिन् । नायक टाइगर श्राफसँग नयाँ चलचित्रका लागि उनलाई अफर गरिएको थियो । तर, ज्याकलिनले यो चलचित्र खेल्न अस्विकार गरिन् ।

ज्याकलिन अहिले नायक सलमान खानसँग चलचित्र ‘रेश ३’को छायांकनमा व्यस्त छिन् । यसैले पनि उनले अन्य कुनै चलचित्र नखेल्ने सोच बनाएकी हुन् । टाइगर, सिद्धार्थ मल्होत्रा जस्ता नायकलाई अझै पनि आम दर्शकमा भिज्न समय लाग्ने सोच ज्याकलिनको छ । उनी अभिनित चलचित्र ‘जुड्वा २’ बक्स अफिसमा हिट भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment