Comments Add Comment

हरिवंश र दीपाको यस्तो प्रेम


हाँस्य कलाकार हरिवंश आचार्य र दीपाश्री निरौला चलचित्र ‘सत्रु गते’मा श्रीमान् श्रीमतिको भूमिकामा छन् । यो चलचित्रको हाल धमाधम काठमाण्डौमा छायांकन भैरहेको छ ।

चलचित्रको एक तस्बिर यो चलचित्रका अर्का कलाकार दीपकराज गिरीले सार्वजनिक गरिदिएका छन् । जुन, तस्बिरमा मुख्य कलाकार हरिवंश आचार्य र दीपाश्री निरौलाको रोमान्टिक अवतार देख्न सकिन्छ । उनले हरिवंशलाई ‘अभिनयका खानी’ र दीपाश्रीलाई ‘रुपकी खानी’ भनेर लेखेका छन् ।

तस्बिरमा, हरिवंश ट्याक्टर चलाउँदै छन् भने दीपाले उनलाई छाता ओडाएकी छिन् । दीपा र हरिवंशको यो तस्बिरले चलचित्रमा उनीहरको रोमान्टिक पलको अर्थ बोल्छ ।

प्रदिप भट्टराइको निर्देशनमा तयार भैरहेको यो चलचित्रलाई मह संचारले निर्माण गरिरहेको हो । चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा लगायतका कलाकारको मुख्य भूमिका छ । चैत्र ९ गते चलचित्र रिलिज हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment