Comments Add Comment

पोखरा राहिनोजको ट्यालेन्ट हन्टबाट ७ खेलाडी छानिए

३ मंसिर, पोखरा । एभरेष्ट पि्रमियर लिगले हरेक टिममा एक जना खेलाडी ट्यालेन्ट हन्टबाट छानिएर आएको हुनुपर्ने बाध्यकारी नियम बनाएअनुसार अहिले टिमहरु धमाधम ट्यालेन्ट हन्टमा छन् ।

यसै अनुसार ईपीएल टोली पोखरा राहिनोजले पनि ट्यालेन्ट हन्ट सम्पन्न गरेको छ ।

पोखरामा भएको ट्यालेन्ट हन्टमा १२० खेलाडीले फारम भरेका थिए । जसमध्ये एक ओभरको प्रतिस्पर्धा गराएर २४ जनालाई सर्टलिष्टमा राखिएको थियो ।

उनीहरुलाई २४ ओभरको खेल खेलाएर ७ जनाको नामावली सार्वजनिक गरेको छ । उनीहरुले पोखरा राहिनोजको टोलीसँगै रहेर प्रशिक्षण गर्नेछन् ।

छनोट हुन सफल सात खेलाडीहरुमा मेखबहादुर सेन, प्रकाश खनाल, बिज्ञान विष्ट, दीपक गुरुङ, कुशल मल्ल, सुमन घिमिरे र देव सेन छन् । उनीहरुमध्ये एक जनाले इपिएल खेल्न पाउनेछ ।

यसअघि ट्यालेन्ट हन्ट कार्यक्रमको उद्घाटन पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जीसीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment