+
+
Shares

कांग्रेसले भारतको वानी बिगारेकै कारण नाकाबन्दी लाग्योः ओली

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर ४ गते ११:५८

४ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतसँग लत्रिन आवश्यक नरहेको बताएका छन् । कांग्रेसले घुँडा टेकेर कुरा गरेर भारतको आनाबानी विगारेकै कारण नाकाबन्दी लागेको समेत उनको आरोप छ ।

सोमबार मोरङ ४ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले छिमेकीसँग बराबरी हैसियतमा सम्वन्ध राख्नु पर्ने बताए । भने, ‘हामी लत्रिनु पर्ने आवश्यकता छैन । स्वाभिमानका साथ अगाडि बढ्न सक्छौं, मित्रतापूर्ण ढंगले अगाडि बढ्न सक्छौं ।’

कांग्रेसले घुँडा टेकीटेकी भारतको आनाबानी विगारेकै कारण नाकाबन्दी लागेको उनको आरोप छ ।

‘भारत हाम्रो मित्र हो, खुलस्त भन्नसक्नुपर्छ । बराबरीमा मेलमिलाप हुनुपर्छ’ आफू प्रधानमन्त्री भएपछि नाकाबन्दी हटेको स्मरण गर्दै उनले भने, भनेपछि हुन्छ । मैले भनेँ ।’

उनले प्रधानमन्त्रीका रुपमा भारत जाँदा भारतीय नेताहरुसँग कुराकानीको प्रसंग पनि सुनाए ।

भारतीय नेताहरुले भन्नुभयो चीनतिर पनि बाटो खोल्दै हुनुहुन्छ । मैले भने, तपाई देश भक्त हो नि ? हो । तपाई अरुलाई नोक्सान नपर्ने गरी देशहित गर्नुपर्छ भन्ने ठान्नुहुन्छ कि हुन्न ? ठान्छु’ उनले भने, ‘मैले त्यही गरें । म नेपालको प्रधानमन्त्री हुँ, नेपालले दुबैतिर नाका खोल्नुपर्छ । तपाईहरुले नाकाबन्दी गर्दा अप्ठ्यारो पर्‍यो, अब उप्रान्त नाकाबन्दी सकियो । किनभने मैले उताबाट पनि बाटो खोलें ।’

सत्तारुढ कांग्रेसप्रति आक्रामक रुपमा प्रस्तुत भएका एमाले अध्यक्ष ओलीले अघि थपे, भारतबाट छेकिएर बस्नु पर्ने, उसले नाकाबन्दी गर्दा भोक्कै बस्नु पर्ने के आवश्यक छ ?’

उनले चुनावपछि अब रेल बनाउने, पानी जहाज चलाउने सरकार बन्ने दाबी गरे ।

ओलीले कम्युनिष्टको सरकार बने लोकतन्त्र धरापमा पर्ने कांग्रेस नेताहरुको दाबी झुटो प्रचार मात्र भएको समेत बताए । आफू लोकतन्त्रका लागि लडिरहँदा देउवा लण्डनका गल्तीहरुमा पाउरोटीमा जाम लगाइरहेको थिए भन्दै ओलीले भने, ‘लोकतन्त्र हामीले लडेर ल्याएका हौं । हामी नै रक्षा गर्छौ ।’

नागरिकताबारे पुरानो अडान कायमै

झण्डै आधा घन्टा लामो सम्बोधनका क्रममा ओलीले आफूलाई मधेस विरोधी भनेकोमा असन्तुष्टि जनाए । राजाविरुद्ध बम हान्ने दुर्गानन्द झालाई सहिद घोषणा गर्न आफू नै प्रधानमन्त्री हुनु परेको भन्दै उनले भने, अनि एमाले मधेस विरोधी ?’

उनले नागरिकताबारे पुरानै अडान राखे । अनावश्यक रुपमा नरम हुन जरुरी नभएको भन्दै ओलीले भने, ‘भारतमा नागरिकताका लागि निवेदन दिन ७ वर्ष लाग्छ । हाम्रो यहाँ दुलाहले सिन्दुर हाल्छ, सीडीओले नागरिकता दिन्छ ।’

तर, अंगीकृतलाई राष्ट्रपति, प्रधानमन्त्री बनाउन नसकिने भन्दै उनले भने, ‘किनकी उनीहरु यो देशमा जन्मिएका होइनन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?