Comments Add Comment

सिँचाई सुविधा नहुँदा दार्चुलामा खेतीयोग्य जमिन बाँझै

आँकाशसे पानी फर्खिदै किसान

४ मंसिर, दार्चुला । सिँचाइ सुविधा नहुँदा दार्चुलामा खेतीयोग्य जमिन बाँझै राख्न कृषकहरु बाध्य भएका छन् ।

जिल्लाको कुल खेती योग्य जमिनमध्ये ७७.२६ प्रतिशत जमिनमा मात्रै खेती गर्ने गरिएको छ भने बाँकी जमिन बाँझो रहेको छ ।

खेती गरिदै आएको २२ हजार ८२५ हेक्टर जमिनमध्ये पाँच हजार ३६० हेक्टर जमिनमा मात्रै सिँचाइ हुने गरेको छ भने १५ हजार ११७ हेक्टर जमिनमा सिँचाइ सुविधा नभएको जिल्ला कृषि विकास कार्यालय दार्चुलाका बरिष्ठ कृषि विकास अधिकृत सूर्यप्रसाद बरालले बताए ।

त्यस्तै २३ हजार हेक्टर जमिनमा आशिंक सिँचाइको व्यवस्था छ । जिल्लाको थुप्रै ग्रामीण क्षेत्रमा सिँचाइको व्यवस्था नभएपनि आकाशे पानीको भरमा किसानहरु खेती गर्ने गरेका छन् ।

आकाशे पानीको भरमा खेती गर्नु परेकाले सिँचाइको सुविधा नहुदाँ खेतीयोग्य जमिन बाँझै राख्न कृषकहरु बाध्य भएको लेकम गाउँपालिका २ गराडीका स्थानीयवासी लोकेन्द्र कार्कीले बताए ।

सिँचाइ सुविधा नहुदाँ लेकम गाउँपालिका वडा नम्बर २ गराडीका कृषकहरु आकाशे पानीको पर्खाइमा छन् ।

अहिलेसम्म पानी नपर्दा गहुँ छर्न नसकिएकोले खाद्यान्न अभाव हुने चिन्तामा रहेको स्थानीयवासीले बताएका छन् ।

दार्चुला जिल्लामा कुल २९ हजार ५ सय ४४ हेक्टर जमीन खेतीयोग्य भएपनि २२ हजार ८ सय २५ हेक्टर जमीनमा मात्रै खेती गर्ने गरिएको छ ।

जिल्लामा रहेको खेतीयोग्य जमिनमा खेती नहुनु, खेती गरिदै आएको जमिनमा पनि सिँचाइको सुविधा नहुनु लगायतका कारण जिल्लामा खाद्यान्न उत्पादन बृद्धि गर्न नसकिएको जानकारले बताउने गरेका छन् ।

आवश्यकता अनुसार जिल्लामै खाद्यान्न उत्पादन गर्न नसक्दा जिल्लाम भारतको उत्तराखण्डबाट निर्यात गर्नु पर्ने बाध्यता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment