Comments Add Comment

अल्फा बिटा अन्तर कलेज फुटसलमा १६ टिम

४ मंसिर, काठमाडौं । अन्फा बिटा एजुकेशनल कन्सल्टेन्सीले आयोजना गर्ने अन्तर कलेज फुटसल प्रतियोगिताको तयारी पूरा भएको छ ।

प्रतियोगिता शंखमुल फुटसल मैदानमा मंसिर ६ देखि आठ गतेसम्म सञ्चालन हुनेछ ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा लामो समयदेखि शिक्षा क्षेत्रमा काम गरेको अल्फा बिटाले पहिलो पटक खेलकुद प्रतियोगिता आयोजना गरेको हो । अल्फा बिटाका कार्यकारी अध्यक्ष द्वीराज शर्माले पहिलो पटक आयोजना गरिएको यस प्रतियोगितालाई निरन्तरता दिने र भविश्यमा एक/एक वटा राष्ट्रिय स्तरको क्रिकेट र फुटबल प्रतियोगिता आयोजना गर्ने लक्ष्य लिएको बताए ।

अन्तर कलेज फुटसलमा उपत्यकाका १६ कलेजहरुको सहभागिता छ । उनीहरुलाई चार समूहमा बिभाजन गरिएको छ ।

लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा प्रत्येक समूहबाट दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् ।

लिग चरणका खेलहरु २० मिनेटको हुनेछ भने क्वार्टरफाइनल खेलहरु २५ मिनेटको हुनेछ । त्यस्तै सेमिफाइनल र फाइनल खेलहरु ३० मिनेटको खेलाइने प्रतियोगिताका संयोजक राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान हरि खड्काले जानकारी दिए । प्रत्येक टोलीबाट १० खेलाडीले दर्ता गर्न पाउनेछन् ।

प्रतियोगिताको बिजेताले १ लाख, उपबिजेताले ६० हजार र तेस्रो हुनेले ४० हजार पुरस्कार पाउनेछन् । क्वार्टरफाइनल पछिको हरेक खेलका म्यान अफ द म्याचले १ हजार तथा प्रतियोगिताको उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले १०/१० हजार पुरस्कार पाउनेछन् ।

सोमबार नै प्रतियोगिताको टाइसिट ड्र पनि भएको छ । जस अनुसारः

समूह ‘ए’मा युनिग्लोव कलेज, काञ्जिरोवा कलेज, लिभरपुल कलेज र साइपाल कलेज धुम्बाराही छन् ।

समूह ‘बी’मा ओलम्पिया कलेज बानेश्वर, लिटिल एञ्जल्स कलेज हात्तिवन, नामी कलेज जोरपाटी र आइडिएल कजेल चावहिल छन् ।

समूह ‘सी’मा इन्साइड भिजन कलेज धुम्बाराही, बि्रटिस कलेज थापाथली, हिमालयन हृवाइटहाउस कलेज र हृवाइडफिल्ड कलेज बानेश्वर छन् ।

समूह ‘डी’मा एभिएम कलेज पाटन, टाइम्स इन्टरनेशनल कलेज डिल्लीबजार, गोल्डेनगेट कलेज बत्तीसपुतली र युलेन्स कलेज खुमलटार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment