Comments Add Comment

प्रचण्डको काखमा नातिनातिना, शोकाकुल परिवारलाई माधव नेपालको साथ

५ मंसिर, काठमाडौँ । पुत्र वियोगको पीडामा रहेका माओवादी अध्यक्ष प्रचण्ड र पत्नी सीता शोकाकुल परिवारसहित गृहजिल्ला चितवन पुगेका छन् ।

३६ वर्षको अल्पायूमै आफ्नो एक मात्र छोरा प्रकाश दाहालको असामयिक निधनपछि पीडामा डुवेका प्रचण्ड र सीता दाहाल मंगलवार त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा नाति-नातिनासँग मन बहलाउँदै गरेको अवस्थामा भेटिए ।

प्रकाशको निधनपछि पहिलो पटक औपचारिक कार्यक्रममा सहभागी हुन आफ्नो निर्वाचन क्षेत्र चितवन जाने क्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड परिवारसहित त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा पुगेका थिए । प्रचण्डसँगै पत्नी सीता, छोरीहरु रेणु, गंगा, बुहारी विना र प्रकाश पुत्र प्रलव पनि साथमै थिए ।

१०ः४५ को यति एयरलाइन्सबाट चितवन जाने क्रममा परिवारसहित विमानस्थल पुगेका प्रचण्ड र उनको परिवारलाई सहज बनाउन सहजीकरणको भूमिका पूर्व प्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाह गरे ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रचण्ड पत्नि सीता दाहाल छाेरी रेणु, गंगा र बुहारी वीनासँगै नातिनातिनाका साथमा ।

प्रचण्ड भन्दा करीब १० मिनेट अघि नै विमानस्थल पुगेका पूर्व प्रधानमन्त्री नेपालले प्रचण्ड परिवारलाई त्यहाँ स्वागत मात्र गरेनन्, केही सहज वातावरण पनि निर्माण गरिदिए ।

प्रचण्डकी कान्छी छोरी गंगाकी पुत्री र प्रकाश-विनाका पुत्रलाई घरी प्रचण्डको काखमा राखिदिने त घरी आफैले काखमा राखेर प्रचण्डको मुहारमा मुस्कान ल्याउने प्रयास नेपालले गरे ।

करीब आधा घण्टा प्रचण्ड र नेपालसँगै रहेका माओवादी नेताहरु रामबहादुर थापा ‘वादल’ र मात्रिका यादवले पनि वातावरणलाई सहज बनाउने प्रयास गरे । त्यसको केहीवेरपछि एउटै विमानमा चढेर प्रचण्डसँगै नेपाल पनि चितवन प्रस्थान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment