Comments Add Comment

‘ग्राण्ड एक्सचेज मेला’ मंसिर ७ गतेदेखि ११ गतेसम्म आयोजना हुने

७ मंसिर, काठमाडौं । बजाजको पल्सर मोटरसाइकलको नेपालकालागि अधिकृत बितरक हंसराज हुलास चन्द एण्ड कम्पनी प्रालिले ‘ग्राण्ड एक्सचेज मेला’ आयोजना गर्ने भएको छ ।

‘जिन्दगी बदलिन्छ बजाज एक्स्चेन्जसँग’ भन्ने मुलनाराका साथ काठमान्डौको भृकुटी मण्डपमा यहि नोभेम्वर २३ देखि नोभेम्वर २७ अर्थात मंसिर ७ गते देखि ११ गतेसम्म्ा मेला आयोजना हुन गइरहेको छ ।

‘ग्राण्ड एक्सचेज मेला’ नेपालकै सबैभन्दा ठुलो बाइक एक्सचेन्ज मेला हुने कम्पनीले विश्वास लिएको छ । यस सुवर्ण अवसरमा ग्राकह महानुभाबहरुले कुनै पनि ब्राण्डका मोटर साइकल र स्कुटरहरु ल्याएर बजाजका मोटरसाइकलसंग साट्न पाउनुहुनेछ ।

साथै मेलालाई भव्य बनाउन कम्पनीले आर्कषक गिफ्ट हृयामपरहरु समेत राखेको छ । हरेक दिन भाग्यशाली एक जाना ग्राहक महानुभावले प्रत्येक दिन हुने लक्की ड्र बाट सामसुङ मोवाइलसमेत जित्न सक्नेछन् ।

हंसराज हुलासचन्द एण्ड कम्पनी लिमिटेडले आफ्ना ग्राहकमहानुभाबलाई सदैब सोर्वोत्तम सेवा, सुविधा प्रदान गर्दै आएको कुरामा विश्वस्त रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment