+
+

हिमालयन डिष्टिलरीलाई कारोबार रोकेर नेप्सेले गर्यो कारवाही, लाभांश सुचना दिन ढिला

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर ७ गते ११:१३


७ मंसिर, काठमाडौं । हिमालयन डिष्टिलरीको कारोबार रोकेर नेप्सेले कारवाही गरेको छ । कम्पनीको कात्तिक २९ गते बसेको सञ्चालक समितिले लाभांश प्रस्ताव गरेपनि नेप्सेलाई सुचना भने ढिलो पाठाएको छ ।
कम्पनीले २१ प्रतिशतको हाराहारीमा नगद लाभांश प्रस्ताव गरेको छ । कम्पनीसँग सोधपुछ गरेपछि मात्रै कारोबार खुला गरिने भएको छ । कम्पनीहरुलाई नेप्सेले मूल्यमा प्रभावित पार्ने यस्ता निर्णय भएलगत्तै सुचना दिन निर्देशन दिएको छ ।

नेप्सेले यस्ता निर्णय हुने सम्भावना रहेको सञ्चालक समितिको बैठक समेत बजार खुल्ने समय अघि बस्नु पर्ने वा बजार बन्द भएपछि बस्नु पर्ने निर्देशन यसअघि नै सूचकिृत कम्पनीहरुलाई दिएको थियो ।

बजार बन्द भएपछि बस्ने बठैकले गर्ने यस्ता निर्णयको सूचना भोलीपल्ट बजार खुल्नु अघि नै दिनुपर्ने पनि व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?