Comments Add Comment

‘माइ लभ’को ‘सानुमाया’ गीत सार्वजनिक

मंसिर २९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘माइ लभ’को ‘सानुमाया’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । नेपाली र जापानीज कलाकारले यो गीतको भिडियोमा नृत्य गरेका छन् । दीप तुलाधरको संगीत, रमेश कोइरालाको शब्द रहेको गीतमा रामचन्द्र काफ्ले र मिना सिंहको स्वर छ ।

यो गीतको भिडियोलाई प्रदिप श्रेष्ठले कोरियोग्राफी गरेका हुन् । चलचित्रको यो गीतको भिडियोमा मुख्य कलाकार गणेश लामा, शितल श्रेष्ठको साथमा जापानीज कलाकार यूइची हायाता, शुतारो मत्सुदा, काजुतोशी थासाका, ताक् मियामोतोकोको अभिनय छ ।

फिल्म क्रियसन नेपालको ब्यानरमा गणेश लामाको निर्माणमा तयार भएको चलचित्रमा दिनेश सुनाम र दीप तुलाधरको संगीत, गौरीशंकर धुजुको छायांकन निर्देशन, नारायण जीसीको छायांकन, तारा थापाको सम्पादन छ । वि.सं २०७२ सालमा गएको भूकम्पको कथालाई चलचित्रले उठान गरेको छ । जापानी निर्देशक डाक्टर तोसिआकी इतोहले यो चलचित्रको निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment